पूर्वाञ्चल खबर
डा.देवकोटाको पार्थिव शरिरलाई पत्नी डा. मधु देवकोटा, छोरीहरु मेघा, बसुधा र मञ्जरीले दागवत्ती दिएका छन् ।
डा.देवकोटाको पशुपति आर्यघाटमा विद्युतीय शवदहमा दाहसंस्कार गरिएको छ । डा.देवकोटाप्रति अन्तिम श्रद्धाञ्जली दिन आफन्त र शुभचिन्तकको ठूलो संख्या पशुपति आर्यघाट पनि पुगेका थियो ।
डा.देवकोटाको हिजो साँझ बाँसबारीस्थित नेसनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल तथा एलाइड साइन्स (न्युरो अस्पताल)मा निधन भएको थियो ।