डा.नरेन्द्र चापागाईं भाषा साहित्य पुरस्कार आशिकलाई

खबर पूर्वाञ्चल, २ असार २०७५, शनिबार २१:३०

विराटनगर / डा.नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानले २०७४ सालको पुरस्कार घोषणा गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष प्रा.डा.बद्रीबिशाल पोख्रेलको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले लामो समय सम्म साहित्य सेवामा योगदान गरे बापत मोरङका ऋतु आशिकलाई “ डा.नरेन्द्र चापागाईं भाषा साहित्य पुरस्कार “ प्रदान गर्ने निर्णय गरेको छ ।

त्यसैगरी यूवा प्रोत्साहनका लागी प्रदान गरिने “डा.नरेन्द्र चापागाईं यूवा प्रोत्साहन पुरस्कार “ झापाकी कवि खगेन्द्रा खुशीलाई प्रदान गरेको प्रतिष्ठानका महासचिव दिङ्लाली कान्छोले जानकारी दिए । आषाढ २३ गते विराटनगरमा एक समारोहको आयोजना गरि आशिक र खुशीलाई क्रमश नगर एक्काइस हजार रसात हजार राशी सहित सम्मान पत्रहरु प्रदान गरिने छ ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५