मलाला आक्रमणका नाइके मारिए

खबर पूर्वाञ्चल, २ असार २०७५, शनिबार ०५:१८

काबुल / अफगानिस्तानको उत्तर–पूर्वी प्रान्त कुनारमा अमेरिकी सेनाले गरेको आक्रमणमा एक वरिष्ठ तालिवान विद्रोही नेता मारिएका छन् ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार बुधबार अफगानिस्तास्थित अमेरिकी सेनाको ड्रोन आक्रमणमा मुल्लाह फजलुल्लाहको मृत्यु भएको हो ।

उनले मानव अधिकारवादी मलाला युसुफजाईमाथि सन् २०१२ मा भएको आक्रमणको नेतृत्व गरेका थिए ।

मलालाले मानवअधिकार तथा महिला शिक्षा क्षेत्रमा उल्लेखनीय कार्य गरेबापत सन् २०१४ को नोबेल पुरस्कार प्राप्त गरेकी थिइन् । अफगानिस्तास्थित अमेरिकी सेनाका प्रवक्ता लेफ्टीनेन्ट कर्नेल मार्टिन ओ डोनेलले मुल्लाह पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा गरिएको हमलामा मारिएको बताए ।

मलालामाथि स्वात्त उपत्यकामा भएको आक्रमणका समय मुल्लाहले पाकिस्तानी तालिवानको नेतृत्व गरेका थिए । अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५