AArya
RUMPUM
animated ellipse animated ellipse

विश्वकप २०१८ : पहिलो खेलमा आयोजक रसियाको शानदार जीत, साउदीले पाँच गोल खायो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ जेष्ठ २०७५, बिहीबार २३:२०
3
Shares
विराटनगर / विश्वकप २०१८ को पहिलो खेलमा आयोजक रसियाले शानदार जीत दर्ता गरेको छ । घरेलु मैदानमा रसियाले आज भएको उदघाटन खेलमा साउदी अरेबियालाई ५ –शून्यको फराकिलो गोल अन्तरले पराजित गरेको छ ।

रसियाले इन्जुरी समयमा मात्रै दुई गोल गरेको थियो । रुसले इन्जुरी समयको ९१ औँ र ९४ औँ मिनेटमा गोल गरेको हो ।

म्यान अफ द म्याच प्रदर्शन गरेका रसियाका डेनिस चेरिसोभ एक्लैले २ गोल गरेका थिए । रसियाका लागि खेलको १२ मिनेटमा गाजिन्स्कीले गोल गर्दै अग्रता दिलाएका थिए । ४३ मिनेटमा चेरिसेभले दोस्रो गोल गरे । त्यस्तै ७१ मिनेटमा डिज्यबाले रसियाका लागि तेस्रो तेस्रो गोल गरेका थिए। दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा चेरिसेभवले व्यक्तिगत दोस्रो गोल गर्दा रसियाको अग्रता ४–० मा पुगेको थियो ।

यस्तै इन्जुरी टाइमको चौथो मिनेटमा गोलोभिनले रसियाका लागि पाँचौ गोल गरे। समूह ’ए’ को पहिलो खेलमा शानदार जित हात पारेसँगै रसियाको दोस्रो चरण पुग्ने लक्ष्य सहज बनेको छ। विश्वकपमा भोलि (असार १ गते) तीन खेल हुने भएका छन्। भोलि पोर्चुगल र स्पेन, इरान र मोरक्को तथा इजिप्ट र उरुग्वे प्रतिस्पर्धा गर्ने खेल तालिका रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर