जोगवनीमा दिनदाहाडै भारतीय नेता पप्पु माथि गोली प्रहार, विपि प्रतिष्ठानमा उपचार हुदै

खबर पूर्वाञ्चल, ३१ जेष्ठ २०७५, बिहीबार २०:४५

विराटनगर / भारतीय सिमावती बजार जोगबनीको रेल्वे स्टेशन अगाडीको टिकुलिया वस्तीमा आज दिउँसो एक जना नेतामाथी गोली प्रहार भएको छ ।

अज्ञात समुहले जनता दल युनाईटेडका पप्पु पटेललाई मोटरसाईकलमा हिडीरहेको बेला पछाडीबाट ३ राउण्ड गोली प्रहार भएको भारतीय प्रहरीले जनाएको छ । उनी कुन तहको नेता हो खुल्न सकेको छैन ।

गोली लागेको पप्पुलाई तत्काल विराटनगर स्थित विराट नर्सिङ होममा उपचारको लागी ल्याइएको थियो । गम्भिर घाईते भएका पटेललाई नर्सिङ होममा उपचार हुन नसकेपछि धरान विपी कोईराला हस्पीटलमा उपचार भइरहेको बताइएको छ ।

भारतीय प्रहरीको अनुसार लागू औषध कारोबारीले गोली प्रहरी गरेको आशंका गरेको छ । गोली प्रहार गर्नेको खोजी कार्य तिव्र पारीएको बताइएको छ । पटेलको काँध, कोखा, तिघ्रा र ढाडमा गोली लागेको छ । पटेलको आउँदो २६ तारिखका दिन विवाह गर्ने तय भएको उनकी आमा हिरामती पटेलले बताईन् । उनको अहिले विपि कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित इमरजेन्सी वार्डमा उपचार भइरहेको र उनी बोल्न सक्ने अवस्थामा रहेको प्रतिष्ठानका चिकित्सकलाई उदृढ गर्दै प्रतिष्ठान प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५