साथीको चेकबाट नक्कली हस्ताक्षरमा रकम निकाल्ने पक्राउ

खबर पूर्वाञ्चल, २९ जेष्ठ २०७५, मंगलवार १९:२४

विराटनगर / अर्काको नाममा रहेको चेक अनधिकृत रुपमा प्रयोग गरी लाखौ रुपैयाँ झिक्ने एक यूवालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । झापाको बुद्धशान्ती गाउँपालिका १ बस्ने २४ वर्षिय विनय धिमाललाई इलाका प्रहरी कार्यालय रानी विराटनगरले पक्राउ गरेको हो ।

विराटनगरकी पूजा विश्वकर्माले विदेशमा कमाएर बैंकमा राखेकोे ४ लाख १५ हजार रुपैयाँ नक्कली हस्ताक्षर गरी उनकै साथी झापा विश्वकर्माको चेक नक्कली हस्ताक्षर गरी उनकै मिल्ने साथी विनयले विभिन्न मितिमा झिकेका थिए । विश्वकर्माको नाममा रहेको बैंक खाताबाट लाखौं रुपैयाँ विराटनगरमा शाखा कार्यालय रहेको हिमालयन बैंक लिमिटेडबाट झिक्ने धिमाललाई विराटनगरबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए । ‘प्राराम्भीक चरणको बयानमा निजले लाखौं रुपैयाँ फरक–फरक मितिमा झिकेको देखिन्छ,’ रानीका प्रहरी प्रमुख निरौलाले भने,’ रकम झिकेको बयानको क्रममा प्रतिवादीले स्वीकार गरेका छन् ।’

प्रहरीले उनलाई बैंकिङ कसुर अपराध मुद्दामा उच्च अदालत विराटनगरमा ७ दिनको म्यात थप गरी अनुसन्धान गरिरहेको निरौलाले जानकारी दिए । बैंकिङ कुसर मुद्दा जिल्ला अदालतले नहेर्ने भएकोले उच्च अदालतमा म्यात थप गरिएको हो । यो मुद्दा उच्च अदालतले हेर्न छ भने प्रहरीले उक्त मुद्दामा ६० दिनसम्म अनुसन्धान गर्न पाउनेछ । त्यसपछि प्रहरीले अभियोगपत्र सहित अदालतमा उपस्थीति गराउनुपर्नेछ ।

घर पठाएको चेकबाट यसरी भयो चोरी
पूजा र विनय मिल्ने साथी हुन् । विवाहित विनय विराटनगरमा सिटी रिक्सा चलाउने काम गर्थे । सारो गाह्रो गर्दा पूजाले विनयलाई सहयोग पनि गर्दै आएकी थिइन् । वैदेशिक रोजगारको लागि दुवई जाने तयारीमा रहेकी थिइन् पूजा । उनको भिषा आएपछि २०७४ असार ७ गते विदेश जाने भइन् । घरबाट विदेश जान आफूलाई चाहिने आवश्यक सामाग्री लिएर घरबाट विनयको सिटी सफारीमा विराटनगर एर्यपोटसम्म गइन् ।

उनको ब्याग खोलेर हेरिन, ब्यागमा हिमालय बैंकको चेक बुक भेटिन् । विश्वास गरेर पूजाले घरमा पु¥याएर आफनो ममिलाई चेक दिन आग्रह गर्दै विनयकोे हातमा थमाइदिइन् । राम्रोसँग चिनजान भएकोले विनयको विश्वास गरेर उनलाई चेक दिइन् । तर, विनयले पूजाको ममिलाई चेक नदिकन आफनै साथमा राखे । चेक बुकमा सबै चेकहरु सकियो थियो । एउटा चेक रिक्योर्स अडर अर्थात चेकबुक सकिएपछि उक्त सिलिप लिएर गएपछि हस्ताक्षर मिल्दा अन्य चेक बैंकले सजिलै दिने गर्दछ । अरुबेला पनि पूजासँगै पैसाँ लिन जाने भएकोले विनयलाई पूजाको हस्ताक्षर याद गरेका थिए । उक्त सिलिप लिएर बैंक गए । पूजाले गर्ने दुरुस्त हस्ताक्षर विनय गरे । चेक लिएर आए ।

विनयले झिकेको रकम यसरी थाहा भयो
लामो समय विदेश बस्दा पूजाले राम्रो पैसाँ कमाएकी थिइन् । कमाएको पैसाँ जति सवै उनले आफ्नो नाममा खोलेको बैंक खातामा राख्दै आएकी थिइन् । ०७५ जेठ ४ गते विदेशबाट घर आइन् । पैसाँको आवश्यक परेकोले उनी बैंकमा पुगिन् । बैंकमा पुग्दा उनको खातामा पैसानै छैन । उनी छानाबाट खसेजस्तै भइन् । दुःख गरेर कमाएको पैसाँ बैंकबाट हराउँदा उनको निद हराम भयो ।

आफूले विदेशबाट बैंकमा बारम्बार पठाएको रकम र खातामा रहनु पर्ने भन्दै पुजाले बैंकको स्टेटमेन्ट निकालिन । बैंक स्टेटमेन्ट हेरेपछि आफूले विश्वास गरेको विनयले नै रकम निकालेको पुष्टि भयो । त्यसपछि उनी कानुनी कार्वाहीको लागि इलाका प्रहरी कार्यालय रानीमा पुगेकी थिइन् ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५