पूर्वाञ्चल खबर
खेलको निर्धारित समयमा दुवै तर्फबाट १–१ गोल भए पछी खेल ट्राईबेकरमा धकेलिएको थियो । दोस्रो हाफको १० औं मिनेटमा एकता क्लव विराटचोकका अभिषेक लिम्बुको पासमा डगेन राई गोल गर्दै खाता खोलेका थिए । निकै प्रतिस्प्रदात्मक खेलमा झापाका विशाल दर्जिले किपरबाट फुत्कीएको बललाई सदुपयोग गर्दै खेलको ३२ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्याए । त्यस पछि खेलमा कुनै गोल हुन सकेन खेल ट्राईबेकरमा लम्बिएको थियो ।
ट्राईबेकरमा बिराटचौकका अभिषेक लिम्बू, विवेक पौडेल, सुमन श्रेष्ठ, बिरेन्द्र लिम्बुले गोल गरे भने झापाका सनम राई र बिश्वास लिम्बुले गोर गरे भने रमेस राजवंशी, हिसप थपलिया गोल गर्न बाट चुकेका थिए । ट्राईबेकरमा एकताका गोल किपर सनम राईले २ वटा उत्कृष्ट बचाउ गरेका थिए ।
खेलको म्यान अफ द म्याच एकताका गोल किपर सनम राई घोषित हुँदै नगद १५०० प्राप्त गरे । मंगलबारको खेल दङगा प्रहरीका बिरुद्ध धरान फेन क्लब सुनसरीका बिच हुने छ ।