पूर्वाञ्चल खबर
लामो समय देखि समस्याका रुपमा रहेको र जितेर जाने नेताहरुले पनि आजसम्म कुनै सुनुवाइ नगरेको गुनासो गरेका छन् । कार्यक्रममा प्रदेश नं. १ का प्रदेश सांसद सुयर्माराज राई, कृष्णकुमारी राई, शेखरचन्द्र थापा, लोकप्रसाद संग्रौला, पथरी शनिश्चरे नगर मेयर दिलिपकुमार राई र सुकुम्बासी समस्या समाधान पहल समिति अध्यक्ष जहरमान लिम्बू लगाए उपस्थीति रहेका थिए ।
सयौँको संख्यामा उपस्थीत स्थानियहरुले वर्सौँ देखिको सुकुम्बासी समस्यालाई समाधान गर्न भइरहेका पहलका विषयमा जनप्रतिनीधिसंग प्रस्न राखेका थिए । जनप्रतिनीधिले पालैँ पालो प्रस्नको जवाफ दिएका थिए । सरकारले नीति निर्माण गरिरहेको र ३ वटै तहसंग समन्वय गरेर १ वर्ष भित्रमा समस्या समाधान गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।
राजनीति गरेर खानेभाँडो बनाइएको र अबको निर्वाचनमा कसैले पनि सुकुम्बासी समस्यालाई समाधान गर्छु भनेर आउने वातावरण नै नराखिने सांसद सुयर्माराज राइले बताए ।
नयाँ संरचना अनुसार नीति निर्माण काम भइरहेका कारण सहकार्यमा अगाडी वढ्ने सांसद्य कृष्णकुमारी राईले बताइन् । नगरकोतर्फबाट आवश्यक पर्ने सम्पूर्ण सहयोग गर्न तयार रहेको मेयर दिलिपकुमार राइले बताए ।