पूर्वाञ्चल खबर
आइतबार विराटनगरमा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माथिल्लो तहका केहि केर्मचारीलाई सिंहदरबारको अधिकार तल लैजान र सिंहदरबार छाडेर तल जान मन नपरेकोले अनुभूति भएको बताए ।
प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनुको विकल्प नरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले प्रदेश सरकारलाई प्रहरी र प्रमुख जिल्ला अधिकारी परिचालनको जिम्मेवारी दिने तयारी भइरहेको जानकारी दिए। प्राकृतिक श्रोत साधन, कर संकलन र परिचालन, सुरक्षा संयन्त्र परिचानको अधिकार नभए प्रदेश सरकार सरकार जस्तो नहुने आपूmले बुझेको बताउँदै उनले त्यसबारे संघीय सरकारले छिट्टै आवश्यक काम गर्ने विश्वास व्यक्त गरे ।
विगतमा जस्तो ९÷९ महिनामा सरकार परिवर्तन हुने अवस्था नरहेकाले यसपटकको बजेटमा लोकप्रिय कार्यक्रम नआएको जानकारी दिँदै अध्यक्ष प्रचण्डले अर्थतन्त्रलाई बलियो बनाउनेगरी विकास र समृद्धिको लक्ष्य प्राप्ति गर्ने उद्देश्यले बजेट निर्माण गर्दा जनताका आकांक्षा सम्बोधन हुन नसकेको उल्लेख गरे । दुईतिहाइको सरकारले अझै ५ वर्ष देश चलाउने भएकोले अहिले जारी भएको बजेट पहिलो गियर भएको र पाँच वर्षसम्ममा गियर बढाउँदै उडान भरिने भएकाले चिन्ता नलिन आग्रह गरे।
अघिल्लो सरकारले तोकेको प्रदेशका सांसद र प्रदेश सरकारको मर्यादा क्रम गलत भएको बताउँदै अध्यक्ष प्रचण्डले त्यो मर्यादाक्रम केही दिनभित्रै परिमार्जन हुने जानकारी दिए। प्रदेश सरकार र सांसदहरुको सम्मानलाई कमजोर नपार्नेगरी मर्यादाक्रम निर्धारण गरिने जानकारी उनले दिए । यो खबर आजको जनविद्रोह दैनिकले छापेको छ ।