पूर्वाञ्चल खबर
विराटनगर महानगरका मेयर भीम पराजुली नेपाली कांग्रेस नगरका सभापति हुन् । कार्यव्यस्तताका कारण कार्यवाहक सभापतिकारुपमा अरुण न्यौपानेलाई जिम्मा लगाएका छन् । आफु जुन जग र पृष्ठभूमिवाट आएको त्यसलाई पनि समय दिने र वडास्तरका जनताको गुनासो सुन्ने अभिप्रायका कारण संगठन सुदृढीकरण अभियान थाल्न नगरका पदाधीकारीहरुलाइ आग्रह गरेको पराजुलीले जानकारी दिए ।
संगठन सुदृढीकरणसँगै महानगरको विकासमा कांग्रेसको भूमिकाका विषयमा टोलटोलमा पुगेर अन्तरकृया थालिएको कार्यवाहक अध्यक्ष अरुण न्यौपानेले जानकारी दिए । विराटनगर–१७ को लाइन क्वाटरबाट शुरु भएको अभियानले विराटनगरका ४ स्थानमा कार्यक्रम गरिसकेको छ । यसै वीच शुक्रबार विराटनगर १४ स्थित नयाँटोल कटुपा र शनिवार १६ नं वार्ड रानी यूवा क्लवमा संगठन सुदृढीकरण कार्यक्रम गरिएको छ ।
कार्यक्रममा काग्रेस जिल्ला सचिव नागेश कोइराला, कांग्रेस नगर सभापति एवं महानगरपालिकाका मेयर भीम पराजुली, उपमेयर इन्दिरा कार्की,कार्यवाहक सभापति अरुण न्यौपाने, नगर सचिवद्धव नीरज कोइराला,प्रकाश दाहाल,काग्रेसका यूवा नेता राजेश गुप्तालगायतले आ आफ्ना धारणा राखेका थिए ।