RUMPUM
animated ellipse animated ellipse

उदघाटन खेलमा दङगा प्रहरी सुनसरि विजयी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ जेष्ठ २०७५, शुक्रबार २१:३०
3
Shares
गोपाल काफ्ले
पथरी / न्यू स्टार क्लव किर्तीपुरको आयोजनामा शुरु भएको खुल्ला नकाउट तेस्रो किर्तिपुर गोल्डकप फुटवल प्रतियोगीताको उदघाटन खेलमा सुनसरीको दङगा प्रहरी विजयी भएको छ ।

मोरङको पथरीशनिश्चरे ७ किर्तिपुरमा आज भएको खेलमा सुनसरीको दङगा प्रहरीले झापाको दमक फुटवल क्वललाई १ का बिरुद ३ गोल गर्दै विजयी सुरुवात गरेको छ ।

दङगाले खेलको १६ र २९ औ मिनेटमा विक्रम राईको पासमा पुजन राईले उत्कृष्ट गोल गरेका थिए ।
पहिलो हाफको ३२ औ मिनेटमा दङगाका लागि बिक्रम राईले थप गोल गर्दै जित सुनिश्चित गरे भने दमक फुटवल क्लवका लागि १ मात्र सान्तवना गोल शुसन कार्कीले गरेका थिए । शुसनले दोस्रो हाफको ३० औ मिनेटमा पेनाल्टी मार्फत सान्तवना गोल गरे ।

खेलको म्यानअफ दि म्याच दङगाका पुजन राई घोषीत हुदै नगद १ हजार ५ सय रुपैया प्राप्त गरे ।
८ वटा फुटवल क्लवको सहभागी रहेको प्रतियोगीताको विजेताले १ लाख रुपयाँ र ट्रफि जित्ने छ भने उपविजेताले ५० हजार रुपयाँ र ट्रफि जित्ने आयोजकका अध्यक्ष दिवस खजुमले जानकारी दीए ।

शनिबारको खेल जनजागृति फुटवल क्लव ईटहरी सुनसरी र आयोजकका विच हुने क्लवका अध्यक्ष दिवश लिम्वुले जानकारी दिए । खेलको उद्घाटन पथरीशनिश्चरेका मेयर दिलिपकुमार राईले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर