AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको विकास अव ड्रोन क्यामेरामा कैद गरिने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ जेष्ठ २०७५, बिहीबार १८:१८
3
Shares
विराटनगर / विराटनगरमा भइरहेका विकास निर्माणका कार्यहरुको भिडियो ड्रोन क्यामेरामा कैद गरिने भएको छ ।

विकास हुनुभन्दा अगाडी,शुरु भए पछि र सम्पन्न हुदासम्मको भिडियो कैद गरिने छ । यसको सुभारम्भ विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले आज जतुवा स्थित ट्रिटमेन्ट प्लान्टवाट शुभारम्भ गरे ।
एस. टि. आइ. यु. आइ. पी प्रोजेक्ट अन्तरगत सिटिसी कालीका कन्ट्रक्सन प्रालिको सहकार्यमा नगरको छायाकंन र नक्साकंन गरिन लागेको हो । यस प्रविधिवाट विराटनगरको पहिलाको अवस्था र विकास भइसकेपछिको अबस्थावारे वुझ्न सजिलो हुनेछ ।

कार्यक्रममा क्षेत्रीय शहरी विकास परियोजना प्रमूख इं भरत न्यौपाने, कालीका कन्ट्रक्सन प्रालिका प्रोजेक्ट म्यानेजर उज्जल प्रसाईलगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर