विश्व वातावरण दिवसमा प्रदेश प्रमुख साईकलमा

खबर पूर्वाञ्चल, २२ जेष्ठ २०७५, मंगलवार १५:५३

विराटनगर / प्रदेश न. १ का भीेआईपीहरु विश्व वातावरण दिवसको अवसरमा आज मोटर चढेनन । साईकल चढेरै विश्व वातावरण दिवस मनाए । धुवा र धुलोमुक्त बिरुद्धको अभियानको लागी मनाईने यो दिवसमा साईकल चढने प्रदेश प्रमुख देखि मन्त्री , सरकारी अधिकृतहरु थिए ।

प्रदेश प्रमुख प्रा.डा.गोविन्दबहादुर तुम्वाहाङले साईकल चढेरै विश्व वातावरण दिवसको उदघाटन गरे । वन तथा वातावरण मन्त्रालयले उपलब्ध गराएको एक दर्जन साईकल प्रदेश न .१ का मन्त्री , सचिव र प्रहरी प्रमुखहरुले चढेरै विराटनगरको पदयात्रा गरे । प्लास्टिक प्रदुषण निर्मूल पारौ ,पून प्रयोग गर्न नसके वहिस्कार गरौं भन्ने मूल नाराका साथ विराटनगरबाट निस्किएको पदयात्राले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।

प्रत्येक वर्ष मनाईने यो दिवसले नगरवासीहरुलाई स्वच्छ , सफा नगर राख्न सन्देश दिएपनि कुनै सुधार आउन सकेको छैन । प्रदेश नं १ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र विराटनगर उपमहानगरपालिकाको संयुक्त रुपमा आयोजित गरेको प्रभातफेरी विराटनगर –६ स्थित शैलेश मन्दिरमा पुगी कोण सभामा परिणत भएको थियो ।

प्रभातफेरीमा प्रदेश प्रमुख गोविन्दवहादुर तुम्वाहाङ, प्रदेश उद्योग,पर्यटन ,वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियत, महानगर प्रमुख भीम पराजुली,उपप्रमुख इन्दिरा कार्की, प्रदेशका सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारी, कर्मचारी , सञ्चारकर्मी र सर्वसाधारणको सहभागिता रहेको थियो ।

सो अवसरमा स्वच्छ वातावरणलागि प्रदेश प्रमुख तुम्वाहाङ, मन्त्री कुसियत, महानगर प्रमुख पराजुलीलेलगायतले साइकलमा चढेर प्रभात फेरी गर्नु भएको थियो ।
कोण सभामा प्रदेश प्रमुख तुम्वाहाङले समाजलाई स्वच्छ राख्न तथा आफ्नो गाउँ ठाउँलाई फोहरमुक्त वनाउन कार्यमा सवैको सहयोग आवश्यक रहेको वताए । प्रदेश उद्योग,पर्यटन ,वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियतले आफ्नो गाउँ, टोल र शहर स्वच्छ वातावरण राख्ने कार्य पहिले आफूवाट शूरु गर्नु पर्नेमा जोड दिदै प्लाष्टिक वहिष्कार गरी मैत्रीपूर्ण कपडाको झोला प्रयोग गर्नुपर्नेमा जोड दिए ।

विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले फोहरवाट मोहर वनाउने कार्यमा महानगरपालिका लागि परेको जानकारी दिदै समाजलाई जनचेतना जागृत गरी स्वच्छ वातावरण कायम राख्नु पर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा प्रदेश सभाका उप सभामुख सरस्वती पोखरेल र विराटनगर महानगरपालिका कार्यकारी अधिकृत कुमार दाहालले स्वस्थ्य जीवन स्वच्छ वातावरण कायम राख्ने कार्यमा आजैदेखि सवैले प्रतिवद्धता व्यक्त गर्नु पर्ने वताए ।

सोही अवसरमा प्लाष्टिकको झोला वहिष्कार गर्न कपडाको “मैत्री पूर्ण झोला ” सर्वसाधारणलाई वितरण गरिएको थियो । प्रदेशलाई साइकल मैत्री वनाउने उद्देश्यले उद्योग,पर्यटन ,वन तथा वातावरण मन्त्रालयले उपलव्ध गराएको २० थान साईकल आजै प्रदेशका विभिन्न मन्त्रालयलाई वितरण गर्ने मंत्रालयका सचिव किशोरचन्द्र गौतमले वताए ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५