हुुकिंग गरेरविद्युुत चोरी गर्ने कार्वाहीमा

खबर पूर्वाञ्चल, २१ जेष्ठ २०७५, सोमबार १४:३०

कुुमोद अधिकारी
विराटनगर । विद्युत चुुहावट नियन्त्रण अभियान अन्र्तगत हुुकिंग गरेर विद्युुत चोरी गर्ने मोरङमा दुुईसय भन्दा वढि कार्वाहीमा परेका छन ।

हुुकिङ गरेर घरमा वत्ती वाल्ने , सिचाईका लागी मटरकोे प्रयोग गर्ने कार्वाहीमा परेको विद्युुत प्राधिकरण विराटनगर वितरण केन्द्रले जनाएको छ ।

प्रयोग भएका मटर , टेलिभिजन, फ्रिजलगायत इलोक्ट्रोनिक उपकरण समेत वरामद गरिएको इन्जिनियर पंकजकुुमार गोइतले वताए । केहि महिना एता चुुहावट नियन्त्रण अभियानलाई प्राधिकरणले तिव्र वनाएको छ ।

अभियान अन्र्तगत कार्वाहीवाट साढे ११ लाख रुपैया राजश्व असुुली भएको इन्जिनियर गोइतले जानकारी गराए । विद्युत प्राधिकरणले प्रहरीको सहयोगमा टोली वनाएर हुुकिङ नियन्त्रण अभियानलाई तिव्र वनाएको छ ।

सर्वसाधरणदेखि उधोग संचालन गर्नेसमेत कार्वाहीमा परेका छन् । विराटनगरलगायत कटहरी, टंकिसिनवारी, वुुधनगर तथा वुुढिगंगामा अनुुगमनको क्रममा उनीहरु कार्वाहीमा परेका हुुन ।

मोरङमा दक्षिणभेगमा वढी संख्यामा हुुकिंग प्रयोग गरेर विद्युुत चोरी हुुने गरेको पाइएको छ । समयमा विजलीको मिटर नपाउने समस्याले पनि हुुकिंग गर्ने गरेको पाइन्छ । मिटर माग्न जादा मिटर नपाएपछी लगाएको धानवालीलाई आवश्यक सिचाई गर्नका लागी हुुकिंग गर्नुु पर्ने वाध्यता रहेको किसानहरु वताउँछन ।

विराटनगर वितरण केन्द्र अन्र्तगत साउन देखि वैशाखसम्म १० दशमलव १ प्रतिशत विजुली नेट लस भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५