पूर्वाञ्चल खबर
इटहरी स्थित क्षेत्रिय रंगशालामा शनिबार राती सम्पन्न फाइनल खेलमा एपीएफले अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई २४–२६, २५–१३, २५–१६ र २५–१८ को सेटले पराजित गर्दै उपाधी हात पानै सफल भयो । उपाधीसँगै एपएिफले नगद २ लाख हात पारेको छ ।
उपविजेता पुलिसले नगद १ लाख रुपैयामा चित्त बुझायो । पहिलो सेटको रोमाञ्चक खेलमा नेपाल पुलिस क्लबले जितेपनि बांकी सेटहरुमा लगातार पराजित भएपछी नजिता एपीएफको पक्षमा गएको हो । बिधागत पुरस्ककार तर्फ पनि एपीएफकै बर्चश्व रह्यो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी एपिएफका लक्ष्मण राणा घोषित हुदै २४ इञ्चको एलइडी टिभी पाए । यस्तै शशस्त्रकै लोकेन्द्र गिरी उत्कृष्ट सेटर, सञ्जु बिक्रम शाह उत्कृष्ट स्पाइकर, महेन्द्र श्रेष्ठ उत्कृष्ट क्विकर, मिलन मल्ल उत्कृष्ट ब्लकर र नेपाल पुलिस क्लबका भीम मगर उत्कृष्ट लिब्रो घोषित भए । उनीहरु सबैले जनही ५–५ हजार नगद पुरस्कार पाए ।
विजेता तथा उपबिजेता टिमहरुलाई राष्टिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्ट, प्रमुख सल्लाहकार सालिग्राम खड्कालगायतले पुरस्कार बितरण गरे । नेपालमै पहिलो पटक आयोजना गरिएको प्रथम रात्रीकालिन भलिबल प्रतियोगितामा दुई विभागिय टिम सहित प्रदेश १, ३, ४ र ५ गरी जम्मा ६ टिमको सहभागिता रहेको थियो ।