AArya
RUMPUM
animated ellipse animated ellipse

१२ जनालाई सिलाउने मेसिन वितरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० जेष्ठ २०७५, आईतवार १६:२६
3
Shares
विराटनगर / गरिबसंग बिश्वेस्वर कार्यक्रम अन्तरगत विराटनगर महानगरपालिका स्थित वार्ड नम्बर ८ र १४ को विभिन्न समुुहमा काम गरिरहेका १२ जना महिला सदस्यहरूलाई सिलाइ मेसिन प्रदान गरिएको छ ।

बैशाख २० गते देखि जेठ २० गते सम्म सिलाई कटाई तालिम प्रदान समेत गरिएको थियो । विराटनगर महानगरका मेयर भीम पराजुली र उपमेयर इन्दिरा कार्कीले तालिममा सहभागीहरुलाई सिलाउने मेसिन वितरण गरे ।

कार्यक्रममा बोल्दै मेयर पराजुलीले गरिबसंग विश्वेस्वर कार्यक्रम फलदायी बनेको र यसलाई निरन्तरता दिने बताए । कार्यक्रममा ८ नम्बर वार्डका वडाध्यक्ष निश्चल अर्याल , गरिबसंग विश्वेस्वर कार्यक्रमका जिल्ला समन्वयकर्ता सुवोध निरौलालगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर