CLASSICTECH NET

बिभागिय टिम प्रथम सांसद कप पुरुष राष्ट्रिय नाइट भलिबलको उपाधी नजिक

खबर पूर्वाञ्चल, २० जेष्ठ २०७५, आईतवार १६:१५

सुनसरी / प्रहरीका दुई बिभागिय टिम प्रथम सांसदकप पुरुष राष्ट्रिय नाइट भलिबलको उपाधी नजिक पुगेका छन् ।

इटहरी स्थित क्षेत्रिय रंगशालाको कोर्टमा शनिबार राती सम्पन्न सेमिफाइनल खेलहरुमा नेपाल पुलिस क्लब र शशस्त्र प्रहरीको एपीएफ क्लब विजयी हुँदै उपाधी नजिक पुगेका हुन् । पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्बलले प्रदेश नम्बर ५ लाई २५–२०, २५–१६, २५–१९ को सोझो सेटले पराजित गरेको छ । सो खेलको म्यान अफ द म्याच पुलिसका गोबिन्द पराजूली भए । उनले नगद २५ सय र ट्रफी पाए ।

दोस्रो सेमिफाइनल खेलमा शशस्त्र प्रहरीको एपीएफले प्रदेश नम्बर ३ लाई २५–५, २५–१५ र २५–२१ को सोझो सेटले पराजित गर्दै नेपाल पुलिससंगको उपाधी भिडन्त पक्का गरेको हो । खेलको म्यान अफ द म्याच एपीएफका टेकराज वस्ती घोषित हुँदै नगद २५ सय र ट्रफी हात पारे उपाधी भिडन्त स्थानिय क्षेत्रिय रंगशालामा आज सांंझ साढे ६ बजे सुरु हुने आयोजक सुनसरी जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष अनुरोध थापाले बताए ।

नेपालमै पहिलो पटक आयोजना गरिएको दाबी गरिएको प्रथम रात्रीकालिन भलिबल प्रतियोगितामा प्रथम हुने टिमले नगद २ लाख सहित शिल्ड र द्धितिय हुने टिमले नगद १ लाख र शिल्ड पाउने छन । यस्तै उत्कृष्ट खेलाडीले २४ इञ्चको एलइडी टिभी र बिधागत तर्फ उत्कृट हुनेहरुले जनही ५ हजार पाउने पूर्वाञ्चल भलिबल संघका सदस्य एवंम प्रचार प्रसार संयोजक बिक्रम थापाले बताए ।

तपाईको प्रतिक्रिया

AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
HIMALYAN DARSHAN COLLEGE
Sagarmatha nishan add
merryland college
NIHAREEKA
NEPAL BUSNESH COLLEGE
ORCHID COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५