पूर्वाञ्चल खबर
विराटनगरमा आज भएको भेलाले डंगोलको अध्यक्षमा विराटनगरको नगर कमिटी गठन भएको हो । त्यस्तै वरिष्ठ उपाध्यक्षमा मन्टि पासवान, उपाध्यक्ष किशन पासवान, महासचिवमा अमर व्यास ,सचिवमा सुजन लुईटेल, कोषाध्यक्षमा अभिराज मिश्र, सह–कोषाध्यक्षमा अनिलकुमार राजवंशी चयन भएका छन् ।
रविन तामाङ, दिपक सिंह, सुरश राउत, अक्ष्य हलुवाई सदस्यहरुमा चयन भएका छन् भने नेहा गिरी, सोमी कदम महिला सदस्यमा चयन भएका छिन् ।
कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय सभाका सदस्य रमेशजंङ रायमाझी, नेप्लिज फेडेरसन अफ बडी विल्डीङ एण्ड फिटनेश मोरङका अध्यक्ष अम्लेश कर्ण, वरिष्ठ उपाध्यक्ष दिपक शास्त्री, महासचिव नविनविक्रम साह, मोरङ बडी विल्डीङका सल्लाकार सुरश भट्टराईले निर्वाचित पदाधिकरीहरुलाई आगामी कार्यकालको लागी बदाई तथा शुभकामना दिए ।