पूर्वाञ्चल खबर
प्रेस चौतारी र प्रेस सेन्टरले विराटनगरमा आज गरेको सयुक्त पत्रकार सम्मेलनमा उनले शिक्षा, स्वास्थ्य, कृषि तथा उधोगलगायत हरेक क्षेत्रमा हुने सेण्डिकेट चाडै अन्त्य हुने वताएका हुन् ।
मुलुकका बिभिन्न क्षेत्रमा मौलाएको सेण्डीकेट अन्त्यका लागि सरकारले कसैसंग सम्झौता नगर्ने उनले वताए । गृहमन्त्री थापाले कानुन कार्यान्वय सरकारले गर्ने भएपनि कानुन भने हातमा नलिएको वताए ।
बैदेशिक रोजगार,उद्योगलगायत जुनसकै क्षेत्रमा हुने सेण्डिकेट,काट्लिङको बिरुद्ध सरकार लाग्ने गृहमन्त्री थापाले वताए ।
गृहमन्त्री थापाले ठेकेदारहरुले समयमै काम नगर्नेलाईे कार्वाही गनै कुरा बजेट भाषणमा अर्थमन्त्रीले भनिसकेकाले कानुन विपरित कामगर्ने जो कोइलाई पनि गृह मन्त्रालयले कानुनको कठघरमा उभ्याउने बताए । कामको जिम्मा लिने र समयमा काम नगर्ने यो प्रवृति अव अन्त्य हुने उनको भनाई थियो ।
गृहमन्त्री थापाले समवृद्धि नेपाल र शुखी नेपाली बनाउने अभियान शुरु भई सकेकाले त्यसका लागीपनी कानुनका पालना आवश्यक रहेको वताए । शान्ती र स्थायीत्व कायम गर्दै विकासलाई शुनिश्चित गर्न सरकार लागि परेको उनले वताए ।
गृहमन्त्री थापाले प्रदेश सरकारलाई वलियो वनाउन सरकारले प्रसस्त वजेट विनियोजित गरेको समेत जानकारी गराए । बजेट भाषणपछि बजारमा मंहगी बढेको भन्न विषयमा उनले ‘बजेट भाषणका कारणले नभई अन्तराष्ट्रिय वजारका कारण केही महंगी वढेको भन्दै ,यदी कसैले अनेक बहानामा बजार मुल्य बढाएर कालोबजारी गर्छ भने त्यस्तालाई सरकारले कारबाही गर्छ ।।