पूर्वाञ्चल खबर
अन्तराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा डिफ्यूजन नोटिस समेत जारी भए पछी खत्रीले आज विहान जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका थिए ।
विहान १० बजे अदालतमा हाजिर भएका खत्रीको ३ बजेसम्म बयान लिइएको थियो । उनले १२ पेजको बयान दिएको जिल्ला अदालत मोरङका निमित्त श्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिए । खत्रीको बयानपछि थुनछेक बहस भएको थियो ।
खत्रीलाई संगठित अपराध निवारण ऐन २०७० को दफा ४१ तथा मुलुकी ऐन अ.ब. ११८ को देहाय २ का आधारमा पुर्पक्षका लागि सिधा खान पाउने गरी थुनामा राख्न आदेश दिएको अदालतका निमित्त श्रेष्तेदार गौतमले जानकारी दिए ।
मुद्दामा बादी नेपाल सरकारको पक्षबाट मुख्य न्यायधिवक्ता पुन्यप्रसाद पाठक र खत्रीको तर्फबाट अधिवक्ता हेमराज पन्तले बहस गरेका थिए । थुनछेक बहसपछि अदालतका ६ नम्बर इजलासका न्यायधिस नारायणप्रसाद शर्माको इजलासले खत्रीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।
विमानस्थलमा रहँदादेखि गारेसँग खत्रीले एक किलो सुन पास गराउँदा ५० हजार रुपैयाँ लिने गरेको गोरेको बयान उल्लेख रहेको छ । गोरेका अनुसार विमानस्थलबाट खत्रीले करिब ५ सय केजी सुन पास गराएको र त्यसवापत २ करोड रुपैयाँ लिएका थिए । सुन तस्करीको अनुसन्धान गरिरहेको गृहमन्त्रालयको छानविन समितिले तस्करमिा नाम मुछिएपछि बयानको लागि बोलाउँदा खत्री फरार भएका थिए ।
सुन तस्करीमा सनमको हत्या भएपछि बयानको लागि बेलाउँदा आफू कार्यरत प्रहरी प्रधान कार्यालयबाट १० दिनको विदा स्वीकृत गराएर भारत गएका खत्री आज काठमाडौं हुँदै जिल्ला अदालत मोरङमा हाजिर भएका थिए । खत्रीले बयानमा सुन नै बरामद नभएको अवस्थामा कसैलाई तस्कर भन्न नमिल्ने जिकिर गरेका छन् । उनले त्रिभुवन विमानस्थलबाट हुने सुन तस्करीमा तत्कालीन प्रहरी नायव महानिरीक्षक (डिआईजी) गोविन्द निरौलाको संलग्नता रहेको पनि बयानमा उल्लेख गरेका छन् ।
खत्री तिनै प्रहरी अधिकारी हुन्, जो यसअघि दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ परेका थिए । तर, उनलाई पछि अदालतले सफाई दिएको थियो ।
पूर्व डीआईजी गोविन्द निरौलासँगै एसपी खत्री र एसपी विकासराज खनाल ०७२ ०७३ मा विमानस्थल प्रहरीमा थिए । त्यसबेला नै गोरेले तस्करीको सेटिङ मिलाएको देखिएको ।