AArya
RUMPUM
animated ellipse animated ellipse

धैर्यता र आत्मबल भएन भने सफलता प्राप्त हुदैन् -उद्योगी सन्तोष चौधरी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ जेष्ठ २०७५, बिहीबार १७:५८
9
Shares
विराटनगर / विकल्प नेपालको आयोजनामा हरेक अंग्रेजी महिनाको अन्तिम बिहीबार हुने उत्प्रेणात्मक कार्यक्रममा यूवा उद्योगी सन्तोष चौधरी प्रस्तुती दिएका छन् ।

आज विराटनगरमा भएको कार्यक्रममा उद्योगी चौधरीले आफ्नो व्यक्तिगत र व्यावासायिक जीवनमा प्राप्त अनुभव सुनाए । विराटनगरका विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीको बाक्लो उपस्थितिमा भएको कार्यक्रममा चौधरीले जुनसुकै क्षेत्रमा सफलता प्राप्त गर्न इच्छा शक्ति, धैर्यता, इमान्दारिता र लगनशीलता आवश्यक पर्ने बताए । उनले कुनै व्यक्तिमा धैर्यता भएन भने सफलता प्राप्त नहुने दाबी समेत गरे ।

उद्योगी चौधरीले आफ्नो जीवनमा पनि कयौं उतार चढाव आएको बताउँदै धैर्यता र आत्मबलकै कारण अहिलेको अवस्थासम्म आइपुगेको सुनाए । विकल्पले हरेक अंग्रेजी महिनाको अन्तिम बिहीबार विभिन्न क्षेत्रमा सफलत व्यक्तिहरुलाई प्रस्तुत गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर