कान्तिपुरमा विश्व धुम्रपान रहित दिवसमा ¥याली

खबर पूर्वाञ्चल, १७ जेष्ठ २०७५, बिहीबार १५:३९

विराटनगर / विराटनगर–१० मा रहेको कान्तिपुर मा.वि.ले विश्व धुम्रपान रहित दिवसको अवसर पारेर आज सचेतनामूलक ¥याली आयोजना गरेको छ ।

कान्तिपुर कलेजबाट सुरु भई ¥याली ट्राफिक चौक, जलजला मोड, हस्पिटल चौक हुदै प्रदेश सभा कार्यालय पुगेर समापन भएको थियो ।

¥यालीमा कक्षा ५ देखि कक्षा १० सम्मका २ सय ५० विद्यार्थीहरु सहभागी रहेको स्कूलका भाइस प्रिन्सिपल देविलाल महतो जानकारी दिए । कार्यक्रम सुरु हुनु पूर्व भाइस प्रिन्सिपल महतोले धुम्रपान र यसको असर साथै न्यूनिकरणका लागि चाल्नु पर्ने कदम बारेमा विद्यार्थीहरुलाई जानकारी गराएका थिए । भाइस प्रिन्सिपल महतोले विद्यालयले सामाजिक विकृति विरुद्ध पुनः यस्ता खाले कार्यक्रम सञ्चालनमा ल्याइने समेत बताए ।

¥यालीको उद्घाटन विद्यालयका सञ्चालक प्रोफेसर डाक्टर तेजनारायण मण्डलले गरे । ¥यालीमा सञ्चालक शंकर काफ्ले, भुवन नेपाल, हिमाल वराललगायत शिक्षक तथा कर्मचारीको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५