AArya
RUMPUM
animated ellipse animated ellipse

चार करोड ठगी आरोपमा प्राइम सहकारीका सञ्चालक पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ जेष्ठ २०७५, बुधबार २०:०२
3
Shares
विराटनगर / बचत कर्ताको करिब चार करोड रकम ठगी गरेको आरोपमा प्राइम बचत तथा ऋण सहकारी संस्थाका व्यावस्थापक इन्द्रलाल श्रेष्ठ पक्राउ परेका छन् ।

बचतकर्ताको रकम हिनामिना गरेर फरार भएका श्रेष्ठ मंगलवार पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक निशान थापाले ठगी गरेको उजुरी परेपछि श्रेष्ठलाई मंगलवार पक्राउ गरेको जानकारी दिए । पक्राउ परेकालाई जिल्ला अदालत मोरङबाट ठगी मुद्धामा सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइए मोरङ प्रशरीले जनाएकोे छ ।

प्राइम सहकारी संस्थाको श्रेष्ठ व्यावस्थापक छन् भने उनकी श्रीमती विष्णुलक्ष्मी श्रेष्ठ अध्यक्ष छिन् । इश्वर श्रेष्ठ सचिव रहेका छन् । व्यावस्थापक श्रेष्ठ पक्राउ परेपनि अरु फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर