पूर्वाञ्चल खबर
पथरीशनिश्चरे क्रिकेट क्लवको आयोजनमबा पथरी रंगाशालमा भएको खेलमा आयोजक रातोलाइ ९ विकेटले पराजित गर्दै विराटनगरले उपाधी जितेको हो । टस जितेर व्याटिङ रोजेको आयोजकले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७ रन वनाएको थियो । आयोजकलाई सम्मानजनक योगफल वनाउने क्रममा राकेश दाहालले ५१ रन वनाए । आयोजकका राजु राइले १३ वाहेक अन्य ले दोहरो रन वनाउन सकेनन् । यता विराटनगरका रोनित सिंह ले ३ विकेट लिए भने मुन्ना मेण्डीजले २ विकेट लिए । विराटनगरका हर्जत अन्सारी, विरेन्द्र झा, विधान गोस्वामीले १,१ विकेट लिए ।
१ सय ८ रनको लक्ष्य लिएर मैदान उत्रिएको विराटनगरल १५ ओभरमा १ विकेटको क्षतीमा पुरा गर्याे । जसमा विरेन्द्र झाले ४६ रन वनाए भने सिन्दान्त लोहनीले ३० रन वनाए । मुन्ना मेण्डीजले १९ रन वनाए । आयोजकका राकेश दहालले १ विकेट लिए । उत्कृष्ठ व्याष्टमेन,म्यान अफ दि म्याच र म्यान अफ दि म्याच विराटनगरका विरेन्द्र झा घोषित वने ,उत्कृष्ठ वलर आयोजकका दिपेश श्रेष्ठ,उदियमान खेलाडी आयोजककै रुपेश श्रेष्ठ वने ।
विजेता विराटनगरले ३५ हजार र ट्रफि तथा उपविजेताले २० हजार र ट्रफि जितेका थिए । विजेता हरुलाई मोरङ्ग खेलकुद विकाश समितीका कोषाध्यक्ष सुजय गौतमले वितरण गरे । खेल जेठ ५ बाट सुरु भएको थियो ।