रेग्मीलाई रुपात्रेय–शान्ता पुरस्कार प्रदान

खबर पूर्वाञ्चल, १२ जेष्ठ २०७५, शनिबार १९:४७

विराटनगर / नेपाली साहित्यको झर्रोवादी आन्दोलनका अभियन्ता साहित्यकार चूडामणि रेग्मीलाई रुपात्रेय–शान्ता पुरस्कार प्रदान गरिएको छ ।

रुपात्रेय वाङ्मय प्रतिष्ठान विराटनगरले प्रत्येक वर्ष प्रदान गर्ने ३१ हजार १ सय ११ राशिको सो पुरस्कार यस वर्ष झापा भद्रपुरका साहित्यकार एवं वाङ्मयसेवी रेग्मीलाई प्रदान गरिएको हो । विराटनगरस्थित परोपकार अभियान समूहको सभाहलमा आयोजित कार्यक्रमकाबीच आयोजक संस्थाका अध्यक्ष एवं भाषासेवी प्राज्ञ बालकृष्ण पोखरेल र कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक गोपाल भण्डारीले संयुक्तरुपमा रेग्मीलाई फूलमाला दोसल्ला, सम्मानपत्र र नगद राशि हस्तान्तरण प्रदान गरे ।

वाङ्मयसेवी रेग्मीका निबन्ध संग्रह र समालोचनाका १८ वटा पुस्तक प्रकाशित छन् । यस्तै कथा र कवितासंग्रह चार–चारवटा तथा रेग्मीले सम्पादन गरेका झण्डै दुई दर्जन थप पुस्तक प्रकाशित रहेको प्राज्ञ दधिराज सुवेदीले जानकारी दिए । यसअघि सो पुरस्कार धरानका साहित्यकार कुन्ता शर्मा, काठमाडौंका रोचक घिमिरे र विराटनगरका साहित्यकार सोमराज अभयलाई प्रदान गरिएको आयोजक संस्थाका सदस्य चूडामणि नेपाल अकिञ्चनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.