पूर्वाञ्चल खबर
गत पुस १६ गते सुनसरीको इटहरी–२ हलगढास्थित रोयल रिसोर्टमा १४ वर्षिया किशोरीलाई भएको बलात्कार काण्डलाई ढाकछोप गर्न खोजेका तत्कालीन सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक विद्यानन्द माझी र प्रहरी निरीक्षक चिरञ्जीवी दाहाल विभागिय कारवाहीमा परेका हुन् ।
प्रहरी प्रधान कार्यालयले बलात्कार घटनालाई ढाकछोप गर्ने प्रहरीको छानबिन गर्न समिति बनाएको थियो । समितिको प्रतिवेदनका आधारमा प्रधान कार्यालयले एसपी माझी र इनिस्पेक्ट दाहाललाई विभागीय कारबाही गरेको हो। एसपी माझीलाई रेकर्डमा जनिने गरी कारबाही गरेको हो। उनको एक वर्षको ग्रेड रोक्का गरिएको छ। प्रहरी निरीक्षक दाहालको खाइपाई आएको तलब सुविधामा एक स्केल घटाइदिएको छ।
गत पुस १६ गते सुनसरीको इटहरी–२ हलगढास्थित रोयल रिसोर्टमा १४ वर्षिया किशोरीलाई भएको बलात्कार काण्डलाई ढाकछोप गर्न खोजेको भन्दै प्रहरी प्रधान कार्यालयले तत्कालीन सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक विद्यानन्द माझी र प्रहरी निरीक्षक चिरञ्जीवी दाहाललाई कारबाहीका तानेको थियो।
सो घटना छानबिन गर्न बनेको समितिको प्रतिवेदनका आधारमा प्रधान कार्यालयले एसपी माझी र इनिस्पेक्ट दाहाललाई विभागीय कारबाही गरेको हो।