पूर्वाञ्चल खबर
विराटनगरमा एक कार्यक्रम आयोजना गरी गठन भएको क्लबको उपाध्यक्षमा नवीन घिमिरे, सौरभ साही, विनीता कार्की, रोहित कोइराला, विध्या थापा चयन भएका छन् । त्यस्तै महासचिवमा माधव भट्टराई, सचिव काशीराज पराजुली, कोषाध्यक्ष दिपेन्द्र थापा मगर, सह–कोषाध्यक्ष गोविन्दकुमार पौडेल रहेका छन् ।
समितिको अन्य सदस्यहरुमा भुमिका लामा, रिमा मगर, रोशन दत्त, उद्गम मिश्र, अजमेरी हुसेन, मधुवर्ण पाण्डे, विजयी श्रेष्ठ, घनश्याम शिलवाल, नारनयण तिम्सिना, अम्लेशकुमार कर्ण र सुरज श्रेष्ठ रहेका छन् ।
क्लबको नव निवनिर्वाचित अध्यक्ष अधिकारीले खेलकुद क्षेत्रको विकासको लागि यस क्लब लागी पर्ने बताए । उनले चाँडै विराटनगर क्षेत्रमा यस क्बलले फुटबल प्रतियोगिता समेत सञ्चालन गर्ने जानकारी दिए ।