भ्याक्सिन राख्ने कोल्ड चेन्जर नभएपछी खोप भ्याक्सिनका प्रयोगमा समस्या

खबर पूर्वाञ्चल, ९ जेष्ठ २०७५, बुधबार १८:३८

विराटनगर / जिल्ला जनस्वास्थय कार्यालयहरु हटने भएपछी वालवालिकालाई उपलव्ध गराउँदै आएको खोपको प्रयोगमा समस्या हुुने भएको छ ।

संघियताको मर्म अनुुसार स्थानियतहवाटै सहज रुपले स्वास्थ्यसेवा पुु¥याउन साउनवाट मुुलुुकभरका जनस्वाथ्य कार्यालहरु हटने भएका खोप भ्याक्सिनका प्रयोगमा समस्या हुुने भएको हो ।
स्थानिय निकायमा वालवालिकालाई प्रयोग गरिने खोप भ्याक्सिन राख्ने कोल्ड चेन्जर नभएपछी सहज रुपले खोप प्रयोग गर्न सकिदैन । जनस्वास्थ्य कार्यालय मोरङले विराटनगरमा आज गरेको कार्यक्रममा वक्ताहरुले सो विषयमा जानकारी गराए ।

वालवालिकालाई प्रयोग हुुने खोपको भ्याक्सिन दुुई देखि आठ डिग्रि सेन्टिग्रेटमा २४ घन्टा अनिवार्या रुपमा राख्नुुपर्ने हुुन्छ । तर स्थानियतहमा त्यस्तो उपकरणको व्यवस्था नभएकाले खोप भ्याक्सिन राख्ने समस्या देखिन्छ ।

ग्रामथान गाउपालिकाका हेल्थ असिसटेन्ट गजेन्द्रप्रसाद यादवले साउनदेखि जन स्वास्थ्य कार्यालय हटन लागेको खोप प्रयोग कसरी गर्ने सकिन्छ त्यसवारे समयमै सम्वन्धित निकायको ध्यान जानुुपर्ने वताए । उनले क्षेत्रिय मेडिकल स्टोरमा कोल्ड चेन्जरको व्यवस्था भएकाले अव गाउपालिका नगरपालिकामापनी त्यस्ता उपकरण खरिद गर्नुु पर्ने वताए ।

वाल मृत्युुुदर घटाउन नेपाल सरकारले वालवालिकालाई खोप दिदै आएको छ । एकतिर उपकरण र अर्कोतिर दक्ष जनशक्तिको अभावले स्थायिन तहमा पहिलो चरणमा खोपकेन्द्र प्रभावकारी नहुुने उहाहरुको भनाई छ । स्थानियतहरुले स्वाथ्यमा भन्दापनि गाउँमा फलैचा र चौतारी निमार्णमा वढि वजेट खर्च गर्ने गरेको पाइएको छ ।

जन स्वास्थ्यका तथ्यांक सहायक दिपक भटराईले मोरङको प्रत्येक स्थानिय तहमा तीनसय भन्दा वढिवालवालिका खोप लगाउने भएकाले कोल्ड चेन्जर निमार्णमा स्थानिय निकाय लाग्नुुपर्ने वताए ।
विदेशवाट आउने त्यस्ता महत्पुुण खोपहरुलाई २४ घन्टा चिसोमा राखेर मेडिक स्टोरमा पुु¥याइन्छ र त्यसपछी चिसोमा राखेर खोप लगाउने दिन खोप वाहिर निकालेर खोपकेन्द्रमा पुु¥याइन्छ । उनीहरुले स्वास्थयसंग जोडिएका यस्ता समस्यालाई सम्वन्धित निकायमा पुुग्नेगरी समाचार सम्प्रेषण गर्न समेत आग्रह गरे ।

नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष वन्धुु पोखरेल तथा उपाध्यक्ष कुुमोद अधिकारी मोरङ अनलाईन समुहका अध्यक्ष तेजेन्द्र भण्डारीले स्वास्थ्यसेवालाई प्रभावकारी वनाउन संचारकर्मी र स्वास्थ्यकर्मी विच अन्तरक्रिया आवश्यक रहेकोमा जोड दिए । एउटा कोल्ड चेन्जरको मुुल्य २५ लाख सम्म पर्ने जनाइएको छ । स्थानिय तहमा उपकरण नआएसम्म अहिले भएको स्थानवाटै त्यस्ता भ्याक्सिनहरु स्थानिय तहमा उपलव्ध गराउनुुपर्नेमा समेत सहभागीहरुले जोड दिएका छन ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.