AArya
RUMPUM
animated ellipse animated ellipse

दोस्रो दिन नौवटा नाटक मञ्चन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ जेष्ठ २०७५, शनिबार १८:५१
3
Shares
विराटनगर/ विद्यालय स्तरीयको नाटक उत्सवको दोस्रो दिन नौ वटा नाटक मञ्चन भएको छ । आज मोरङका नौ वटा विद्यालयमा अध्ययनरत विद्यार्थीले नाटक मञ्चन गरेका हुन् ।

सुमेरु कला सरोवरले आयोजना गरेको अन्तर विद्यालय वाई वाई नाटक उत्सव मोरङ २०७५ को दोस्रो दिन लक्ष्मी माबी लेटाङका विद्यार्थीले ‘म यो झोला बोक्दिन’, मोदर मधुमल्ला स्कूलका विद्यार्थीले ‘सोच’ नाटक मञ्चन गरेका थिए ।

त्यस्तै सृजना आधारभूत विद्यालय उर्लाबारीले भेदभाव, क्वेस्ट स्कूल सलकपुरका विद्यार्थीले आँखा खुल्यो, पूर्वाञ्चल विद्या सदन विराटनगरका विद्यार्थीेले गीता, भानु मेमोरियल स्कूल रंगेलीका विद्यार्थीले अन्धो समाज नाटक मञ्चन गरेका थिए ।

त्यस्तै स्कलर्स होम सुन्दरहरैचाले अन्धविश्वास, पूर्वाञ्चल एकेडेकी सुन्दर हरैचाले पैसा, र मोर्डन एरा स्कूल विराटनगरका विद्यार्थीले मेरो भगवान नाटक मञ्चन गरेको प्रशिक्षक सुरबी सापकोटाले जानकारी दिइन । तस्वीरहरु -पुष्पराज थपलिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर