जेभियर्समा सपथ तथा स्वागत कार्यक्रम

खबर पूर्वाञ्चल, ४ जेष्ठ २०७५, शुक्रबार १६:३६

टंकिसिनुवारी / टंकिसिनुवारीमा रहेको जेभियर्स इङ्गलिस स्कूलमा शैक्षिक शत्र–२०७५ को लागि स्कूलका क्याप्टेन जीवन अधिकारी तथा भाइस क्याप्टेन निरज माझी र नुमा लिम्वूलाई चयन गरेको छ । त्यसैगरी जेभियर्स इङ्गलिस स्कुल वालक्लब अध्यक्षमा एलिना खतिवडा निर्वाचित भएकी छिन ।

कार्यक्रममा यस वर्ष विभिन्न कक्षामा नयाँ भर्ना भएका दुई सय तेह्र जना छात्र छात्रालाई स्कूलमा अध्ययनरत विधार्थीहरुले विभिन्न साङगीतिक कार्यक्रम गरी स्वागत गरेका थिए । उक्त कार्यक्रममा प्रिन्सिपल परेश पोखरेलले स्कूलका नीति, नियम तथा भावी योजनाका वारेमा जानकारी गराए ।

कार्यक्रममा स्कूलका अध्यक्ष जीतनारायण थापा मगर, संस्थापकहरु सरीताकुमारी राना, जनक ढकाल, रेवन्तकुमार श्रेष्ठ, चन्द्रमणि रिजाल, तुलसी खतिवडा, आर.सी कोइरालालगायतको उपस्थिति थियो । जेभियर्सको पठन–पाठन तथा शैक्षिक वातावरणलाई विश्वास गरी नयाँ भर्ना भएका विद्यार्थीहरु तथा अभिभावकहरुको भावनालाई मध्यनजर गरी शैक्षिक उन्नयनलाई थप उजागर गर्दै यस क्षेत्रकै नमुना विद्यालय वनाउने प्रिन्सिपल परेश पोखरेलले वताए ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५