अशोकको पहिलो गित नै विवादमा

खबर पूर्वाञ्चल, २ जेष्ठ २०७५, बुधबार २०:५५

गोपाल काफ्ले
पथरी / सामाजिक संञ्जाल अनि यूटुवहरुमा यतिबेला झापा दमकका बालगायक अशोक दर्जिको चर्चा शिखरमा छ । दर्जीको पहिलो गीत मन बिनाको धन ठुलो कि धन बिनाको मन ट्रेडिङको पहिलो नम्बर रहेको छ ।

झापाको बेलडाँगी शिविर आसपासमा गीत गाएर हिड्ने उनको प्रतिभाले आम स्रोताको मन जित्न सफल भएको त छ तर अशोक दर्जीलाई यो स्थानसम्म ल्याएको भनेर जसरी केहि ब्यत्तीहरु अशोकसगै चर्चामा छन् त्यसको वास्तविकता भने केहि फरक रहेको छ । सडक पेटीमा केहि पैसाको लागि गीत गाउदै हिड्ने अशोकको लागी पहिलोपटक मोरङको उर्लाबारीमा उर्लाबारी फोकस टिभीले अशोक दर्जी प्रतिभा पहिचान कार्यक्रमको आयोजना गरी यो स्थानमा पुर्याएको तर संचारकर्मीहरु पुरै छायामा रहेका छन ।
पत्रकार किशोर श्रेष्ठ र बिबिक हिङमाङको पहलमा आयोजना गरिएको अशोक दर्जी प्रतिभा पहिचान कार्यक्रम नै अशोकको ट्रनिङ प्वाईन्ट हो ।

अशोकको प्रतिभालाई आम संगीत प्रेमीमाझ पुर्याउनु मात्र नभएर उसको भबिस्य निर्माण गर्ने उदेश्यले सो कार्यक्रमको आयोजना गरेको पत्रकार किशोर श्रेष्ठले बताए । उक्त कार्यक्रमबाट नै अशोकको पठनपाठनको जिम्मा उर्लाबारी ७ मा रहेको बेथेल एजुकेसन एकेडेमीलाई दिइएको थियो । अशोकको लागी उर्लावारीका हाल हङकङ निवासी सचिन योञ्जनले ५० हजार सहयोग पनि उक्त कार्यक्रममै गरेका थिए भने अशोकसगै उनका दुई बहिनीहरुलाई पनि १० कक्षासम्म निशुल्क पढाई दिने बेथेलका प्रेन्सिपल दिपक न्यौपानेले बाचा गरेपछि अशोकलाई बेथेलमा भर्ना गरिएको यियो । काठमाडौं र झापाका केहि बिधालयले अशोकलाई पढाउने प्रस्ताव राखेको भएता पनि उर्लाबारीमा नै हुँदा रेखदेख गर्न सहज हुनेभएकाले उक्त बिधालयमा अशोकलाई भर्ना गरिएको होे ।

उर्लाबारी फोकस टिभी भन्दा अघि नयाँ नयाँ न्युज नेपाल र तातो तातो खबरले अशोकको अन्तर्वार्ता गरेको थियो । जसले गर्दा अशोकको चर्चा भएता पनि उनको सडक पेटिमा गीत गाउने दैनिकीमा भने कुनै परिवर्तन आएको थिएन । सोही अवस्था देखेर हामीले अशोकको शिक्षा र दैनिकी परिवर्तन गर्न अशोक दर्जी प्रतिभा पहिचान कार्यक्रम गरेको संचारकर्मी श्रेष्ठ बताउछन । दमकका पत्रकार विनोद श्रेष्ठको सहयोगमा पहिलोपटक उर्लाबारी फोकसका लागी पत्रकार श्रेष्ठले अन्तर्वार्ता गरेका थिए । अशोकको पहिलो अन्तर्वार्ता फोकसमा छोटो समयमा नै लाखौं दर्शकले हेरेपछि र भिडियो मात्र खिच्नु भन्दा पनि सहयोग गर्न आएको प्रतिक्रियाले गर्दा प्रतिभा पहिचान कार्यक्रम गर्न प्रेरित भएका थिए पत्रकार किशोर श्रेष्ठ र बिबेक हिङमाङ ।

लाखौं दर्शकको माग पछि अशोकलाई सहयोग गर्ने उदेश्यले कार्यक्रम तय गरिएको थियो । उक्त कार्यक्रमका लागी कुरा गर्न अशोकको घर पुग्दा त्यहाँ देखिएको दृश्यले अझ मार्मिक बनाएको थियो पत्रकार श्रेष्ठ र हिङमाङ्लाई । अशोकसगै खोलाको किनारमा दयनीय अवस्थामा बसेर जिविको पार्जन गर्दै आएका अशोकको परिवालाई पनि केहि सहयोग पुर्याउनु सके कार्यक्रमले अझ सार्थकता पाउने सोचले गर्दा कार्यक्रममा पत्रकारलाई मात्रै नभएर समाजका समाजसेवी, बुद्धिजीवी, भद्रभलाद्मीहरुलाई पनि बोलाइएको थियो । अशोकको परिवारका लागी ५० हजार सहयोगको जुट्ने भएको छ । हङकङ बस्दै आएका उर्लाबारीका सचिन योन्जनले अशोकको परिवारलाई सहयोग गर्ने प्रतिबद्धता सोही कार्यक्रममा गरेका थिए ।

अशोकका बुबाले छोराको भविस्य हजुरहरुको हातमा रहेको भन्दै केहि गर्दिन अनुरोध गरेको र हामीले उसको लागी प्रतिभा पहिचान कार्यक्रमको आयोजना गरे सँगै अशोक यो स्थानसम्म पुगेको पत्रकार श्रेष्ठले बताए । मिडियामा आउन ठुलो कुरा भएन अशोकका लागी कसले कति गर्यो झापा र मोरङका पत्रकारलाई स्पष्ट छ । बिधालय भर्ना गरेपछि दमकका डिजि रुपकले एउटा गीत रेकर्ड गर्न अशोकलाई ४ दिनका लागी काठमाडौं लैजाने अनुरोध गरेपछी अशोकलाई पठाएको पत्रकार श्रेष्ठ र बिधालयले बताएको छ । तर जब डिजि रुपकले अशोकलाई काठमाडौं लगेर गीत रेकर्ड गराएर पछी मिडियाहरुका अन्तर्वार्ताहरुमा जस्तो किसिमका अभिव्यक्ति दिए त्यसले भने पत्रकार श्रेष्ठ रुष्ट बनेका छन् । अशोकलाई सडकबाट ल्याएर गीत रेकर्ड गराएको भन्ने डिजे रुपकले झुटो अभिव्यक्ति दिएको संचारकर्मी बिबेक हिङमाङ बताउछन । श्रेष्ठले भने यो त काम गर्ने कालु मकै खाने भालु भने जस्तो भएन र ? मार्मिक अन्तर्वार्ता दिदैमा मानिसको मन जित्न सकिएला तर वास्तविकत कहिले लुकाउनु हुदैन ।

अशोकको चर्चा शिखरमा रहेको बेला अन्य धेरै संगीत कर्मीहरुले अशोकसग गीत रेकर्ड गर्ने ईच्छा नदेखाएको हैनन तर डिजे रुपकको अनुरोध अस्वीकार गर्न नसकेको उर्लाबारी फोकस टिभी टिमले बताए ।

अहिले डिजे रुपक र गायक टंक बुढाथोकीले गर्दा अशोकको भविस्य बनेको, अशोकको भगवान भनेर उनिहरु हुन भन्ने एकोहोरो चर्चा परिचर्चा भैरहदा वास्तविक अभियान्ताहरु भने छायामा परेका छन् । पत्रकार श्रेष्ठ भन्छन्, मिडियामा आउनु मात्रै ठुलो कुरा हैन साचो मनले काम गर्ने हो भने त्यो गितमा सर्वा्धिकार किन अशोकको भएन ? अब भोलिका दिनमा आएको रोयल्टी कस्को भन्ने प्रश्न उत्पन्न भएको छ । उक्त गित बाट भोलिका दिनमा कभर संङ, रिङब्याक् टोन, एफ एम रेडियो र टेलिभिजन बाट आउने रोयल्टी छ स्टुडियो नाएनको हुने भो त्यो भनेको अशोकको पेन्सन हो त्यस बाट किन अशोकलाई बन्चित गरियो भन्ने आम सर्वसाधारणमा जिज्ञासा उत्पन्न रहेको श्रेष्ठले बताए ।

यो अभियानमा दमकका पत्रकार विनोद श्रेष्ठ, लोकनाथ रिजाल, अनिल लिम्बु, समाजसेवी पुर्ण वाइबा, ममता राणा लगायत धेरैको योगदान रहेको छ । पत्रकार श्रेष्ठले भने, मैले नै पहल गरेर भाईलाई संगीत सिक्न उर्लाबारीको बिहानी कलाकेन्द्रमा हालेको छु । सबै कुरा मिडियामा भन्दै हिडेर सस्तो लोकप्रियता कमाउनु छैन तर कसैले झुटो कुरो गरेर अरुको कामलाई छायामा पार्न भने त्यो अमान्य हुने पत्रकार श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.