बिभागिय टिम आर्मी र पुलिस राष्ट्रिय टि–२० क्रिकेटको उपाधी नजिक

खबर पूर्वाञ्चल, २ जेष्ठ २०७५, बुधबार १७:४८

सुनसरी / नेपाली सेनाको विभागिय टिम आर्मी र पुलीस क्लब इटहरीमा जारी तेस्रो इटहरी राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधी नजिक पुगेको छ । आज सम्पन्न सेमीफाइनलमा आर्मी र पुलीस विजयी हुँदै फाइनलमा प्रवेश गरेको हो ।

पहिलो सेमीफाइनल खेलमा आर्मीले आयोजक सेभेनस्टार क्लब सुनसरीलाई १ सय ३२ रनको फराकिलो अन्तरले पराजित छ भने पुलीसले दोस्रो सेमिफाइनल खेलमा मेची क्रिकेट एकेडेमी झापालाई ६१ रनले पराजित गरेको हो । यी दुइस्््र्् बिचको फाइनल खेल बिहिबार हुनेछ ।

इटहरी स्थित नेपाल डिभिएम स्कूलको पिचमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मी क्लबले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १ सय ७२ रनको योगफल खडा गरेको थियो । आर्मीका इन्द्रकमल मानन्धरले ५९ रन बनाउँदा म्यान अफ द म्याच जितेन्द्र मुखियाले २७ रन बनाए भने महेश क्षेत्रीले २५ रन , राजु रिजालले २४ रन , लोकेन्द्र चन्दले ११ रन र बिनोद भण्डारीले १० रन बनाए । आयोजकका अमित भगतले ३ विकेट र बिकल्प आचार्यले २ विकेट लिए ।

जवाफमा १ सय ७३ रनको बिजयी लक्ष्य पछ्याएको आयोजकले निर्धारित १६ दशमलव २ बलमा सवै विकेट गुमाई ४० रनका रनमा समेटिएपछी आर्मी भारी रन अन्तरले बिजयी भएको हो । आयोजकका कुनै पनि खेलाडीले दोहोरो र्अकलाई छुन सकेनन । अर्मीका जितेन्द्र मुखियाले ३ विकेट लिए भने साहब आलमले २ विकेट लिए ।
दोस्रो सेमिफाइनल टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४९ रनको योगफल खडा गरेको थियो । पुलिसका योगेन्द्र कार्कीले ३९ रन बनाउँदा अबिनाश कर्णले २८ रन , कुशल भुर्तेल, प्रेम तामाङ र मञ्जित श्रेष्ठले समान ११–११ रन बनाए । झापाका सन्दिप ढुंगानाले ४ विकेट र राज थाापाले २ विकेट लिए ।

१ सय ५० रनको बिजयी लक्ष्य पछ्याएको झापाले १८ दशमलव ४ ओभरमा ८८ रन बनाउँदै अलआउट भएपछी पुलिस उपाधी नजिक पुगेको हो । झापाका राज थापाले ३१ रन र सन्दिप ढुंगानाले १७ रन बनाए । पुलिसका कप्तान मञ्जित श्रेष्ठ, योगेन्द्र कार्की र ललित राजबंशीले २–२ विकेट लिए । खेलको म्यान अफ द म्याच पुलिसका योगेन्द्र कार्की घोषित भए ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५