AArya
RUMPUM
animated ellipse animated ellipse

आईपीएलमा सन्दिप लामिछानेले बैंग्लोरविरुद्ध डेब्यू

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ बैशाख २०७५, शनिबार २०:३९
3
Shares
फाइल तस्वीर
विराटनगर / इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा नेपाली यूवा क्रिकेटर सन्दिप लामिछानेले आज डेब्यू गरेका छन् । उनले भारतीय कप्तान विराट कोइलीको नेतृत्वमा रहेको रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध खेलेका हुन् ।

समूह चरणबाटै बाहिरीने सम्भावना रहेकोे दिल्ली आज नेपाली यूवा बलर सन्दीपलाई मैदानमा उतारेको हो । अहिले दिल्लीले टस जितेर ब्याटिङ गरिरहेको छ ।

सन्दिप आईपीएल टिममा आवद्ध हुने पहिलो नेपाली क्रिकेटर हुन् । दिल्लीले उनलाई २० लाख भारुमा टिममा भित्र्याएको थियो । तर, लगातार ११ खेल बेञ्चमा रहे ।

११ मध्ये मात्र ३ खेल जितेको दिल्ली अंक तालिकाको पुछारमा छ र समूह चरणबाटै बाहिरिने सम्भावना बढी छ । दिल्लीले ११ खेल खेल्दा पनि उनी टिममा परेका थिएनन्। दिल्ली अझै गणितिय हिसाबले प्लेअफमा पर्नसक्ने सम्भावना कामयै छ । दिल्लीले ११ मध्ये ३ खेल मात्र जितेको छ । अबका खेल फराकिलो अन्तरले जित्नु आवश्यक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर