AArya
RUMPUM
animated ellipse animated ellipse

दोहरो नागरिकता धेरै परित्यागगर्ने थोरै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ बैशाख २०७५, बुधबार १५:४२
3
Shares
कुुमोद अधिकारी
विराटनगर । विगतको एकवर्षमा मोरङ जिल्लामा ९ जनाले नेपाली नागरिक्ता परित्याग गरेका छन् । २०७४ सालको १२ महिनामा ९ जनाले जिल्ला प्रसासन कार्यालय मोरङ मार्फत नेपाली नागरिक्ता परित्याग गरेका हुुन् ।

अघिल्लो वर्ष २०७३ सालमा पनि जिल्ला प्रशासन कार्यालयवाट ९ जनालेनै नेपाली नागरिक्ता परित्याग गरेको नागरिक्ता फाँटका खरिदार टेकवहादुुर श्रेष्ठले वताए ।
व्यापार, विजनेश तथा पढाईका लागी वैदेशिक रोजगारीमा विदेशमा शिप्mट हुुनेहरुले अर्को देशमा वसोवास गर्नुुुपर्नेमा पहिले वसोवास गरेको देशको नागरिक्ता त्याग्नुु पर्ने हुुन्छ ।

अन्य मुलुकवाट नागरिक्ता लिएपछी दोहरो नागरिक्ता लिन नपाइने कानुुनि व्यवस्था भएकाले नागरिक्ता परित्याग गरेको खरिदार श्रेष्ठको भनाई छ । अर्कोदेशको नागरिक्तालिन नागरिकता परित्याग गर्नुुपर्ने कानुुनी मान्यता रहेतापनी अझैपनी नेपालमा दोहरो नागरिक्ता लिएर वसोवास गर्ने धेरै छन् । त्यस्ता व्येक्तिहरुले नेपालमा र भारततर्फ दुुवैतर्फको नागरिक्ता लिएर नेपालमा वसोवास गरिरहेको पाइन्छ । दोहोरो नागरिक्ताको विषयमा उजुरीपर्दा दोहरो नागरिक्ताका विषयमा प्रभावकारी छानविन भने हुन सकेको छैन ।

जिल्ला प्रसासन कार्यालय मोरङवाट दैनिक ३५ देखि ४० वटा नागरिक्ता वन्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर