AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

भारतमा नेपालीलाई भिसा आवश्यक !

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ बैशाख २०७५, बुधबार ०८:२४
3
Shares
भारतले चीन, हङकङ, मकाउ, पाकिस्तान र माल्दिभ्सबाट भारत जाने वा भारत भएर स्वदेश फर्किने नेपाली नागरिकलाई भिसा अनिवार्य गरेको छ । राजनीतिक तहमा सम्बन्ध सुधार हुँदै गएको ठानिएको वेला भारतले अनपेक्षित व्यवहार गरेको छ ।
तेस्रो देशबाट नेपाल आउन वा नेपाल हुँदै भारत फर्किन भारतीय नागरिकले नेपालको भिसा लिनु पर्दैन । तर भारतले नेपाली र भूटानी नागरिकलाई कडाई गर्दै लगेको छ ।

चीन र पाकिस्तानबाट हवाई मार्ग भएर भारत वा भारत हुँदै स्वदेश फर्किँदा यसअघि पनि नेपाली र भूटानी नागरिकले भारतीय भिसा लिनुपर्ने व्यवस्था थियो । तर, यसबर्षदेखि मालदिभ्स, हङकङ र मकाउ थपिएको छ ।

भारतको त्रिवेन्द्रमस्थित अध्यागमन कार्यालयले एयर इन्डियाको एयरपोर्ट म्यानेजरलाई सम्बोधन गरेर पठाएको सर्कुलरमा नेपाली र भूटानी नागरिकलाई चीन, हङकङ, मकाउ, मालदिभ्स र पाकिस्तानबाट भारत आउँदा अनिवार्य प्रवेशाज्ञा भएको सुनिश्चित हुनुपर्ने उल्लेख छ । यी देशबाट भिसा विना नेपाली वा भूटानी यात्रु ल्याएको पाइएमा भारतीय गृह मन्त्रालयले जारी गरेको ‘क्यारिअर लायविलिटी एक्ट’ अनुसार कारबाही हुने उक्त सर्कुलरमा उल्लेख छ । तर पछिल्लो निर्णयबारे भारतको अध्यागमन व्युरोले आधिकारिकरुपमा सूचना सार्वजनिक गरेको छैन भने नेपाललाई औपचारिक जानकारी पनि गराएको छैन ।

‘हामीले पनि सुनेका छौँ, तर औपचारिक जानकारी आएको छैन । हामी यसबारे बुझ्छौँ’ परराष्ट्रमन्त्रालयका प्रबक्ता भरतराज पौड्यालले नयाँ पत्रिकासँग भने । उनका अनुसार तेस्रो देशबाट नेपाल आउन वा नेपाल भएर भारत जाने भारतीय नागरिकले नेपाली प्रवेशाज्ञा लिने व्यवस्था छैन ।

गृहमन्त्रालयका एक अधिकारीका अनुसार हङकङ,मकाउ, मालदिभ्सबाट भारत भएर फर्किँदा नेपालीलाई भिसा जरुरी थिएन । ‘भारतले हाम्रा नागरिकलाई यस्तो व्यवहार गर्छ भने हामीले पनि यसबारे सोच्नुपर्ने हुन्छ,’ ती अधिकारीले भने, ‘उसले निःशुल्क भिसा दिओस् कि पैसा लिओस् भन्ने कुराले अर्थ लाग्दैन, समान व्यवहार हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’

भारतीय अधिकारीले भने सुरक्षाजन्य कारणले यस्तो नियम लागू भएको तर नेपालीलाई प्रवेशाज्ञामा समस्या नहुने बताए । ‘नेपाल आफ्नो निर्णय गर्न स्वतन्त्र छ, तर हामीले नेपालीहरुलाई अप्ठेरोमा पार्न होइन, हाम्रै केही आवश्यकताका कारण यस्तो नियम लागू गरेका हौँ, यसबाट नेपाल र भारतबीचको सम्बन्धमा फरक पर्दैन’ भारतीय विदेश मन्त्रालयका एक अधिकारीले दिल्लीबाट टेलिफोनमा भने ।

तेस्रो देशबाट आउने भारतीयले नेपालमा भिसा लिनुपर्दैन । त्यस्तै, नेपालीले पनि भारतको भिसा लिनुपर्दैन । तर, अहिले भारतले नयाँ नीति लागू गरेको छ भन्ने हामीले पनि सुनेका छौँ, तर औपचारिक जानकारी आएको छैन । हामी यसबारे बुझ्छौँ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्याल भने । योे समाचार आजको नयाँ पत्रिकामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर