पूर्वाञ्चल खबर
केही दिनअघि समानान्तर बैठक बसेलगत्तै बुधबार सुन्दरीजलमा दुवै पक्षले भिन्दाभिन्दै कार्यक्रम आयोजना गरेका छन्। एकै स्थान र उस्तै समयमा दुवै पक्षले कार्यक्रम राखेपछि विवाद सतहमा आएको छ। अध्यक्ष महरले पार्टीभित्रको आन्तरिक कलहकै प्रभाव नेविसंघमा देखिएको स्विकारे।
सुन्दरीजलस्थित बीपी संग्रहालयमा संस्थापन पक्षले प्रशिक्षण कार्यक्रम घोषणा गरेलगत्तै संस्थापनइतर पक्षले सोही ठाउँमा महाधिवेशनका लागि विधान एवं नियमावली सम्बन्धमा छलफल तथा अन्तक्र्रिया आयोजना गरेका छन्।
संस्थापनइतर पक्षको आयोजक पनि नेविसंघ केन्द्रीय कार्यसमिति नै भनिएको छ । यसको नेतृत्व महामन्त्री कुन्दन काफ्लेले गरेका छन्। पौडेल पक्षीय विद्यार्थी नेता मोती भण्डारीका अनुसार वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवसहितका नेताले आफूहरूले राखेको कार्यक्रमलाई सम्बोधन गर्ने दाबी गरे।
तर, पौडेलले मंगलबार साँझसम्म जानेरनजाने निर्णय गरेका छैनन् । अध्यक्ष महरले संघले राखेको कार्यक्रममा सभापति शेरबहादुर देउवा प्रमुख अतिथि र वरिष्ठ नेता पौडेलसहितका शीर्ष नेता सहभागी हुने दाबी गरे ।योे समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।