AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

श्रीनिवास आचार्यको उपचार खर्च सरकारले नतिर्ने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ बैशाख २०७५, बुधबार ०७:१९
3
Shares
फाइल तस्वीर
विराटनगर / जिल्ला प्रहरी कार्यालय मोरङमा सोमबार धर्मगुरु श्रीनिवासाचार्यमाथि गोली प्रहार भएको विषयमा दोषी सार्वजनिक गर्न पत्रकार सम्मेलनको तयारी भइरहेको थियो । सोही समयमा विराटनगरस्थित न्यूरो हस्पिटलका कर्मचारीको टोली धर्मगुरु आचार्यलाई उपचार गर्दा लागेको रकमको बिल भर्पाइ लिएर जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।

प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले धर्मगुरु आचार्यको उपचारमा लागेको खर्च व्यहोर्ने बताएका थिए। सोही प्रक्रिया पुरा गर्ने र बिल पास गराउने उद्देश्यले न्यूरोको कर्मचारी टोली प्रशासन कार्यालय पुगेको थियो ।

तर, जब प्रहरीले पत्रकार सम्मेलन ग¥यो र दोषी सार्वजनिक ग¥यो त्यसपछि उक्त बिल भर्पाइ तथा निवेदन दर्ता हुन पनि पाएन । दोषि श्रीनिवासाचार्य आफैं भएको थाहा पाएपछि जिल्ला प्रशासन कार्यालयले उक्त निवेदन दर्ता नगरेको हो । उनको उपचारका लागि लागेको रकम अव स्वयं आचार्यले तिर्नुपर्ने भएको छ ।

घटनामा आफै दोषि देखिएपछि हस्पिटलको सम्पूर्ण खर्च धर्मगुरुले नै तिनुपर्ने भन्दै उपचारको बिल पेश गर्न आउने टोलीलाई फर्काइदिएको जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए ।

‘२१ दिन हस्पिटलमा बसेको औषधिसहितको उपचार खर्च १ लाख ७० हजार रुपैयाँ भएको रहेछ,’ प्रमुख जिल्ला अधिकारी आचार्यले भने, ‘अस्पताललाई समस्या नपर्ने गरी अब धर्मगुरुले सम्पूर्ण खर्च तिनुपर्दछ ।’ प्रशासनले धर्मगुरुको उपचार खर्च तिरिसकेको थिएन । ‘धर्मगुरुलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेकै दिन हस्पिटलबाट उपचार खर्चको बिल आएको थियो,’ प्रमुख जिल्ला अधिकारीले भन्नुभयो ।

गोली लागि घाइते भएका धर्मगुरुको एक दिन सघन कक्षमा उपचार भएको थियो भने २० दिन पोष्ट अपरेटिभ वार्डमा राखेर न्यूरो हस्पिटलमा उपचार भएको थियो । १ लाख ७० हजार रुपैयाँको हस्पिटलमा मात्र उपचार भएको थियो भने औषधीको ३५ हजार रुपैयाँ भएको बताइएको छ । यो समाचार आजको जनविद्रोह दैनिकले छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर