AArya
RUMPUM
animated ellipse animated ellipse

विश्व प्रेस स्वतन्त्रता दिवसमा प्रभातफेरी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० बैशाख २०७५, बिहीबार ११:२९
3
Shares
विश्व प्रेस स्वतन्त्रता दिवशको अवसरमा मोरङ पत्रकार महासंघले आज निकालेको प्रभातफेरीमा सहभागि सञ्चारकर्मीलगायत । तस्वीर-पुष्पराज थपलिया
विराटनगर,२० वैशाख/ विश्व प्रेस स्वतन्त्रता (मे ३) दिवसको उपलक्ष्यमा आज यहाँ प्रभातफेरीको आयोजना गरियो ।

नेपाल पत्रकार महासंघ मोरङद्धारा आयोजित उक्त प्रभातफेरी नगरको मुख्य मुख्य भागको परिक्रमा पश्चात कोण सभामा परिणत भएको थियो । उक्त प्रभातफेरीमा सञ्चारकर्मी, विभिन्न मानअवधिकारवादी संघसंस्थाका प्रतिनिधिधि र नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा विराटनगर महागरपालिकाका प्रमुख भीम पराजुलीले समाजलाई सुसुचित गर्ने सञ्चारकर्मीहरुको वृत्तिविकासमा महानगरपालिका सदैव सहयोगी हुने वतए ।

महासंघका मोरङ कार्यवाहक अध्यक्ष कुमोद अधिकारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा संञ्चारकर्मीहरु विवेक गौतम, विक्रम लुइटेल र श्यामसुन्दर सुतियारले समाचार संकलनको क्रममा भोग्नु परेको कठिनाईका सम्वन्धमा चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर