पूर्वाञ्चल खबर
जुटमिल बचाऊ अभियान समितिले विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीलाई भेटेर ज्ञापनपत्र बुझाउँदै मिल सञ्चालनकालागि माग गरेको हो ।
२००३ साल र २००७ सालमा जुटमिलबाट सुरु भएको आन्दोलनका कारण नेपालमा प्रजातन्त्रको पुर्न स्थापनना भएको थियो । सो मिलमा भएको मजदुरकहरुको आन्दोलनपछि नेपालमा श्रमिक दिवस मनाउँन थालिएको थियो ।
नेपालको मजदुर आन्दोलनसँगै पाजातान्त्रिक आन्दोलनको शुुरुआत भएको जेठो उद्योग विराटनगर जुटमिल सञ्चालनकालागि सरकारले सञ्चालक समिति नियुक्ति समेत गरेको छ । जती समिति आएपनि जुुटमिल ५ देखि ६ महिनामात्र चल्ने र त्यसपछी बन्द हुने गरेको छ ।
कुनै न कुनै बहानमा केहि दिन मिल सञ्चालन गर्र्ने र बन्द गर्ने प्रवृतिले हजारौ मजदुरको रोजी रोटी खोसिएको भन्दै यथा सिघ्र मिल सञ्चालन गर्ने वताबरण बनाउँन समितिले महानगरपालिकासँग माग गरेको हो ।
ज्ञापनपत्र बुझ्दै मेयर पराजुलीले गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीको राजनीति प्रारम्भ भएको ऐतिहासिक विराटनगर जुटमिल सञ्चालनका लागी महानगरपालिकाले सक्दो सहयोग गर्ने बताए ।