पूर्वाञ्चल खबर
भारतीय सेनाको विमान काठमाडौं उत्रिनु तीन दिनअघि नै उनी चढ्ने कार काठमाडौं र जनकपुर आइसक्नेछन्। उनी विशेष प्रकारको कार प्रयोग गर्छन्।
आन्तरिक उडानका लागि उतैबाट हेलिकप्टर ल्याउने वा नेपाली सेनाको हेलिकप्टर प्रयोग गर्ने भन्ने छलफल चलिरहेको छ ।
यसअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जीले भने बुद्ध एयरको विमान प्रयोग गरेका थिए।
२०७१ साउन र मंसिरमा नेपाल भ्रमण गर्दा पनि मोदीले आफ्नै कार ल्याएका थिए । कतारले अनुदानमा दिएको कारबाहेक तीन वटा बुलेट प्रुफ कार पनि छन् ।
पछिल्लो समय नेपालसँग आगन्तुक भीभीआईपीले प्रयोग गर्ने कार छ। तर, मोदीले यस पटक पनि आफैं कार ल्याउन लागेका हुन् । यो खबर आजको कान्तिपुरमा छापिएक छ ।