AArya
RUMPUM
animated ellipse animated ellipse

३३ किलो सुन तस्करीका आरोपी प्रहरी अधिकारी मोरङ अदालतमा हाजिर

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ बैशाख २०७५, बिहीबार १९:२२
3
Shares
विराटनगर/ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै तस्करी गरेर भित्रिएको ३३ किलो सुन प्रकरणमा आरोपी तीन जना प्रहरी अधिकारीलाई जिल्ला अदालत मोरङमा उपस्थित गराएको छ ।

उनीहरुको प्रत्यक्ष मिलेमतो देखिएपछि थप अनुसन्धान र मुद्दा दर्ता गर्न विराटनगर ल्याएको हो ।

बहालवला एसपी विकासराज खनाल, डिएसपी सन्जयबहादुर राउत र सइ बालकृष्ण सञ्जेललाई आज मोरङ अदालतमा मुद्दा दर्ता गरी अनुसन्धाान सुरु गरेको हो ।

एसपी खनाल, गृह मन्त्रालयले बयालन लिने क्रममा फरार भएका डिएसपी राउत र सइ सञ्जेललाई मोरङ अदालतमा कर्तव्य ज्यान, अपहरण र संगठित अपराध मुद्दामा ६ दिनको म्याथ थप गरी अनुसन्धान सुरु गरिएको एक प्रहरी अधिकारीले जानकारी दिए । प्रहरी जवान सन्जिव शाक्यलाई भने बुधबार नै अदालत हाजिर गराइ सोही मुद्दामा सात दिनको म्याथ थप गरेको छ । पक्राउ पर्ने चार जना बहालवाला प्रहरी हुन् ।

मकावनपुर प्रहरी प्रमुख एसपी खनाल सुन तस्करी प्रकरणमा मुछिएपछि उनलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको थियो । गृह मन्त्रालको सहसचिब इशवरराज पौडलेलको नेतृत्वमा गठन भएको छानविन समितिले सुन तस्करीमा प्रत्यक्ष मिलेमतो देखिएपछि एसपी खनाल, डिएसपी राउत र सइ सञ्जेललाई थप अनुसन्धान र मुद्दा चलाउन समितिले जिल्ला प्रहरी कार्यालय मोरङ पठाएको थियो । बिहीबार विहान मोरङ प्रहरी कार्यालय आइपुगेका खनाल, डिएसपी राउत र सञ्जेललाई सोही दिन साँझ साढे चार बजे अदालतमा हाजिर गराएर म्याथ थप गरिएको थियो ।

मंगलबार बयान लिने क्रममा फरार भएका डिएसपी राउत बुधबार छानविन समितिको सम्पर्कमा आइ मोरङ प्रहरी कार्यालयमा आएर अदालतमा हाजिर भएका थिए । बिहीबार एसपी खनाल सहित उनी मोरगं प्रहरी आएका थिए । इलाका प्रहरी कार्यालय, इटहरीमा कार्यरत राउत बयानकै बीच गृहबाट निस्किएर फरार भइ बुधबार साझसाँझ सम्पर्कमा आएका थिए ।

सुन तस्करमा मुख्य नाइके चुडामणि उप्रेतीलाई एसपी खनाल र सइ सञ्जेलले सघाएको खुलेको हो । खनाल २ वर्षअघि विमानस्थलमा कार्यरत रहँदा तस्करीमा सघाएका थिए । सञ्जेलले सनम शाक्य हत्या घटनामा उप्रेतीलाई जोगाउन सहयोग गरेका थिए ।

३३ केजी सुन तस्करी तथा उर्लाबारीका शनम शाक्याको हत्याको संलग्नमा पक्राउ पर्ने २७ जना पुगेका छन् । बुधबार पूर्व डिआईजी गोविन्द निरौलालाई ८ दिनको म्याथ थप गरी अनुसन्धान भइ रहेको छ । सुन तस्करी र शनम शाक्य हत्या प्रकरणमा बहालवा प्रहरी र पूर्व गरी ५ जना उच्च ओदाका प्रहरी अधिकारी मोरगं प्रहरीको हिरासतमा छन् ।

१८ फागुनमा सुन तस्करीमा गिरोहमा आबद्ध भएका मोरङ उर्लाबारीका सनम शाक्यको हत्यापछि सेटिङ हुँदै आएको सुन तस्करीको पर्दाफास भएको हो । उच्च तहका प्रहरी अधिकारी पक्राउ परेपनि ३३ केजी सुन तस्करीका मुख्य नाइके चुडामडी उप्रेती ‘गोर’ भने फरार रहेका छन् । प्रहरीले उनलाई खोजी गर्न इन्टरपोलको साहयता लिएको छ ।

शाक्यको हत्या पछि फरार रहेका उप्रेतीको खोजी गर्न अन्तराष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’मा सूचना जारी गरेको छ । इन्टरपोलमा संसारभरका १ सय ९२ राष्ट्रहरु सदस्य रहेका छन् । नेपाल प्रहरीको मात्र खोजी सूचिमा रहेका ‘गोरे’ इन्टरपोलमा सूचना सार्वजनिक भएपछि १ सय ९२ देशका प्रहरीको खोजी सूचिमा रहनेछन् ।

मोरङ प्रहरी प्रमुख अरुणकुमार बिसीले सुन काण्ड र सनम शाक्य हत्या अभियोगका नाइके भनिएका उप्रेतीलाई इन्टरपोलमा सूचना जारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर