पूर्वाञ्चल खबर
भारतीय नम्बर प्लेटका ३ वटा मोटरसाइकलमा सवार ६ जना र सोही स्थानमा शंकास्पद अवस्थामा रहेका १ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भारतको वथनाहाका रोहितकुमार शर्मा, फारबिसगञ्जका प्रमोद भन्ने बिनोद यादव, मिल्की डुमरीयाका राजकुमार यादव, मिल्की डुमरीयाकै निलमदेबी यादव, सिमराहाका प्रकाशकुमार दास, रानीगंजका रञ्जीतकुमार शर्मा र बरारभत नाजाका सुरजनारायण यादवलाई आज मोरङ प्रहरीले सार्वजनीक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई रोकी चेक जाँच गर्दा अवैध लागु औषध एभिल १७७५ एम्पुल , डाईजेलाभ ५०० ,स्पास्मो प्रोक्सिभन १७७६ चक्सी ,नाइट्रोसन ट्याब्लेट ७२५ ,लुपीजेसीक ५२५ ,फेनारागन १२५ ,डाइलेक्स डिसी १३ बोतलसहित ३ वटा भारतीय नम्बरको मोट्साइकल , ६ सेट मोवाईल, एक सेट अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने एक थान म्यागेजिन सहित ६ राउण्ड गोली फेला पारेको थियो ।
मोरङका प्रहरी उपरीक्षक अरुणकुमार विसीका अनुसार मोट्साइकल चेक जाच गर्ने क्रममा बिहार अररिया जिल्ला फारबिसगञ्जका ३० वर्षिय प्रमोद भन्ने बिनोद यादवको कम्मरको बाया साइडबाट प्रहरीले पेस्तोल फेला पारेको हो । उनीहरुको साथबाट ८१ हजार नेपाली रुपैयाँसमेत वरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक विसीका अनुसार ठुलो मात्रामा लागुऔषध फेला परेकोले यो मोरङ या बिराटनगरको लागि मात्र नभई बाहिरी जिल्लाको लागि लग्दै गरेको हुनसक्ने आशंका गरिएको छ ।