AArya
RUMPUM
animated ellipse animated ellipse

चिनीको भन्सार मूल्याङक घटाउँन माग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ बैशाख २०७५, मंगलवार १५:४८
3
Shares
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष सारडा । तस्वीर -पुष्पराज थपलिया
विराटनगर/ मोरङका व्यावसायीहरुले बिदेशबाट आयात गरिने चिनीको भन्सार मूल्याङकन घटाउँन माग गरेका छन् ।

आज विराटनगरमा पत्रकार सम्मेलन गरी व्यावसायीहरुले भन्सार मूल्याङक घटाउँन माग गरेका हुन् ।

नेपाली उद्योगहरुलाई प्रोत्साहन गर्न भन्दै नेपाल सरकारले भारत तथा तेस्रो देशबाट आयात गरिदै आएको चिनीको भन्सार महसुल ५० प्रतिशतले बढाएको थियो ।

तर व्यावसायीले कानुन विपरित सरकारले भन्सार महसुल बढाएको भन्दै विरोध जनाएका हुन् । मोरङ ब्यापार संघ र उद्योग संगठनले संयुक्त पत्रकार सम्मेलन गरी बृद्धि गरिएको भन्सार मुल्याङक घटाउँन माग गरेका हुन् ।

व्यावसायीका अनुसार सरकारले १५ प्रतिशत गर्दै आएको भन्सार मूल्याङकन बढाएर तीस प्रतिशत पू¥याउँदा समस्या भएको बताउँदै त्यसमा थप एकसय डलर भन्सार महसुल र १३ प्रतिशत भ्याट कायम हुँदा चिनीको मूल्य आकाशिने बताएका छन् ।

मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले सरकारले जवरजस्ती बढाएको मूल्याङकनको असर नेपाली उपभोक्ताहरुलाई पर्ने बताए । उद्योग संगठन मोरङ अध्यक्ष मुकेश उपाध्यायले उद्योगी व्यावसायीलाई प्रभाव पर्ने गरी गरिएको मूल्याङकन वृद्धि घटाउन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर