AArya
RUMPUM
animated ellipse animated ellipse

मुुख्यमन्त्री राई बने तीन बालवालिकाको अभिभावक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ बैशाख २०७५, आईतवार १८:०९
3
Shares
कुमोद अधिकारी
विराटनगर / एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले तीन जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छन् । मोरङको रतुवामाई नगरपालिका कादुपाडामा रहेको सरस्वती माध्यमिक विद्यालयमा तीन जना वालवालिकालाई भर्ना गराउदै अभिभावकत्व ग्रहण गरेका हुन् ।

रतुवामाई नगरपालिका, नागरिक समाज तथा विद्यालय व्यवस्थापन समितिको अगुुवाईमा कादुपाडामा रहेको सरस्वती मावीमा सन्थाल र मुस्लीम समुदायका बिनोद मुर्मु, सुदर्शन मुर्मु र रजिना खातुनको अभिभाकत्व ग्रहण गरेका हुन् ।

मुुख्यमन्त्री राईले बालवालिकाहरुको पढाई र आइपर्ने सबै समस्याको जिम्मा आफुले लिने बताए ।

गुणस्तरिय शिक्षाका लागी एक नम्वर प्रदेश सरकारले नयाँ शिक्षा निति तथा नया पाठयक्रम ल्याउन लागेको उनले बताए । पुुरानो शिक्षानीतिलाई परिवर्तन गरेर अबको शिक्षा व्यावसायिक र वैज्ञानिक हुने बताए ।

कार्यक्रममा वोल्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले एक नम्बर प्रदेशलाई दुुइवर्ष भित्र साक्षर प्रदेशको रुपमा घोषणा गर्ने तयारी भइरहेको बताए । रतुवामाई नगरपालिकाका मेयर रविन राईले गुणस्तर शिक्षाका लागि नगरपालिका भित्र रहेका ४१ वटै सामुदयिक विद्यालयमा नर्सरी कक्षामा अग्रेजी माध्ययमबाट कक्षा सूरु गरेको बताए ।

पूर्व सांसद ऋशिकेष पोखरेलले भर्ना भएका बालिकालाई कक्षामा टिकाइ राख्नु आवश्यक रहेकोमा जोड दिए । कार्यक्रममा मुुख्यमन्त्री राईले विद्यालयमा परिसरमा निमार्ण गरिएको देवीप्रसाद वाग्ले स्मृति मञ्चको समेत उद्घाटन गरेका थिए ।वाग्ले परिवारले मञ्चको स्थापना गरेको चन्द्र वाग्लेले बताए ।

कार्यक्रममा वोल्दै विद्यालयका प्रधानाध्यापक यज्ञनाथ भट्राईले विद्यालयलाई प्राविधिक र व्यवसायिक शिक्षा पढाउने वातवरण वनाउनका लागी मुुख्यमन्त्री राईसँग आग्रह गरे । कार्यक्रममा दिपक वाग्ले, रामप्रसाद वजगाई तथा सहायक प्रअ भिमप्रसाद लुुइटेलले अवको शिक्षा व्यवहारिक र वैज्ञानिक हुुनुुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर