AArya
RUMPUM
animated ellipse animated ellipse

पत्रकार अधिकारी वन्यजन्तु संरक्षण पुरस्कारबाट पुरस्कृत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ बैशाख २०७५, शुक्रबार २०:४३
3
Shares
विराटनगर । प्रेस चौतारी मोरङका अध्यक्ष तथा वातावरण पत्रकार रामचन्द्र अधिकारी यस वर्षको वन्यजन्तु संरक्षण पुरस्कारबाट पुरस्कृत भएका छन् ।

आज शुक्रबार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष विभागले आयोजना गरेको एक कार्यक्रमका बीचअधिकारीलाई वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले पुरस्कृत गरेका छन् ।

पत्रकारिता र पुस्तक लेखनमार्फत वन्यजन्तुको बारेमा सचेतना जगाई संरक्षणमा योगदान दिएको ठहर गरी अधिकारीलाई पुरस्कार प्रदान गरिएको विभागले जनाएको छ । पुरस्कारको राशि ५१ हजार रुपैयाँ नगद र सम्मानपत्र रहेको छ । यो पुरस्कार यसै वर्ष मात्र स्थापना भएको विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिए ।

वन्यजन्तु सप्ताहको समापनको अवसरमा उनीसँगै अन्य दुई व्यक्ति र एक संस्था तथा विभिन्न प्रतियोगितामा उत्कृष्ट हुनेहरुसमेत पुरस्कृत भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर