पूर्वाञ्चल खबर
मोरङको दक्षिणवर्ती रतुवामाई नगरपालिका,सुनवर्षी नगरपालिका र धनपालथान गाउँपालिकाका सामुदायिक संस्थाका सदस्यलाई कार्यक्रममा सहभागी गराइएको हो ।
डिभिजन सहकारी कार्यालयकी निर्मला दाहालले सहजीकरण गरेको तालिममा संस्थालाई निरन्तरता दिन सहकारीमा दर्ता गराउँन र कारोबार बढाउने विषयमा छलफल भएको थियो । सहभागीले संस्थालाई अझ सशक्त बनाउने, समुदायमा आर्थिक कारोबार गर्ने तयारीबारे जानकारी गराएका थिए ।
मोरङमामा २०७१ साल चैत्रदेखि नारी विकास संघ र कोषले सहभागितामुलक एकीकृत गरिबी निवारण कार्यक्रम सञ्चालन गर्दै आएको संघकी अध्यक्ष सीता शर्माले जानकारी दिइन । साविक महादेवा, वरडंगा, डाइनिया, गोविन्दपुर, टकुवा, सोराभाग, अमाहिवरियाती र नोचामा कार्यक्रम सञ्चालन गरिएको छ ।
यसको उद्देश्य दिगो जीविकोपार्जन अभिवृद्धि गर्नु रहेको बताउँदै शर्माले भनिन्,‘कार्यक्रमको समाप्तीपछि सामुदायिक संस्थाहरुको निरन्तरताका लागि प्रत्येक नगरपालिका र गाउँपालिकाको वडास्तरमा सहकारी गठन गर्ने र वचत सुरक्षित गर्ने योजना पनि छ ।’