खबर पूर्वाञ्चल
बैसाख ७ गतेदेखि ९ गते सम्म विराटनगरको एलिट क्लबमा रोजगार मेला आयोजना गर्न लागिएको हो । श्रम कार्यालय रोजगार सूचना केन्द्रको सहकार्यमा नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गर्न लागेको मेलामा रोजगारीको खोजीमा रहेकाहरुलाई रोजगारीका बारेमा जानकारी गराइने छ ।
आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलन गरी मेलामा पाँचसय भन्दा बढि रोजगारीको खोजि गरिरहेकाहरुको सहभागिता रहने महासंघ मोरङ अध्यक्ष नरेन्द्र होमागाईले जानकारी दिए । मेलामा बेरोजगा र रोजगार दाता विच पुलको काम गर्न लागिएको उनले बताए । तीन दिन सम्म चल्ने मेलामा ५ सय रोजगारको खोजी गरिरहेका र दुईसय साना ठूला रोजगारदाताको सहभागिता रहने बताइएको छ ।