खबर पूर्वाञ्चल
स्कूल परिसरमा आज एक कार्यक्रमको बिच वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको हो ।
विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले उद्घाटनमा बोल्दै विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गरी अभिभावकको मन जित्नुपर्ने बताए । ‘अबको शिक्षा रोजगार र प्राविधिकमैत्री शिक्षा हुनपर्दछ,’ प्रमुख पराजुलीले भने, ‘यस अभियानमा विराटनगर महानगरपालिका लागि परेको छ ।’ उनले शिक्षामा आमुल परिवर्तन गरी दक्ष जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता जाहेर गरे ।
कार्यक्रममा विराटनगर १४ का वडा अध्यक्ष बालदेव यादव, १५ का अध्यक्ष अस्लम आलम, १६ का मनोज सुब्बा, नेपाली काँग्रेसका नेता राजेश गुप्ता, संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था मोरङका अध्यक्ष विष्णु डंगोल, स्कूलका प्रिन्सिपल धनकुमार राई, कार्यक्रम संयोजक मनिष साहलगायले बोलेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन, फेशन शोल लगायतको विभिन्न प्रतिभा प्रस्तुत गरी सबैलाई मनोरञ्जन प्रदान गरे । सोही अवसरमा स्कूलमा एक दर्जन शिक्षकहरुलाई स्कूलले सम्मान ग¥यो । विराटनगर महानगरपालिका प्रमुख पराजुलीले सम्मानित हुने शिक्षकहरुलाई कदरपत्रले सम्मान गरेका थिए ।