पूर्वाञ्चल खबर
जय नेपाल होटल म्यानिजमेन्ट एण्ड टेक्नोलोजी टेनिङ प्रालिको आयोजना तथा पिछडीएको समुदाय विकास समिति ललितपुरको आर्थिक सहयोगमा विराटनगरमा आइतबारदेखि तालिम सुरु भएको हो ।
तालिममा विराटनगरका पिछडावर्ग समुदायका २० जना किशोरीहरुको सहभागि रहेको प्रालिको निर्देशक मो. ईशाद अन्सारीले जानकारी दिए । दुई महिने तालिमको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले गरे । उनले कार्यक्रममा बोल्दै तालिममा सिकेको सिप व्यवहारमा उतारेर रोजगारी सृजना गर्न सहभागिहरुलाई सुझाब दिए । रोजगारमुखी तालिम आजको आवश्यता भएकोले महानगरपालि यसतर्फ लागि पर्ने उनले बताए ।
कार्यक्रममा ओबिसी नेपालको संस्थापक अध्यक्ष देवनारयण मुखीया, प्रालिका निर्देशक अन्सारीलगायले बोलेका थिए ।