खबर पूर्वाञ्चल
अष्ट्रेलियाको स्थानीय एस्फिल्ड पार्कमा आयोजित श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसप्रति आस्था राख्ने नेपाली समुदायको उपस्थित रहेको थियो । जनसम्पर्क समिति अष्ट्रेलियाका कार्यवाहक अध्यक्ष छिरिङ्ग तेन्जी शेर्पाको सभापतित्वमा सञ्चालित सो कार्यक्रमका वक्ताहरुले स्वर्गिय खड्काले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पु¥याउनु भएको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा लेखक तथा पत्रकार डिल्ली ढकाल, सुजित सिग्देलले स्वर्गिय खड्काको जुझारुपन र कार्यकर्ता विच भिज्न सक्ने वानीको चर्चा गरे । ्कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका महासमिति सदस्य कञ्चन पोख्रेलले विपि राष्ट्रिय मेलमिलापको नीति लिइ स्वदेश फर्कदा उहाँ पनि साथै आउनुभएको चर्चा गर्दै मेलमिलाप नीतिमा उहाँको पनि महत्वपुर्ण भुमिका रहेको चर्चा गरीन् ।
गैर नेपाली आवासिय संघ अष्ट्रेलियाका निर्वतमान अध्यक्ष सुरेन्द्र सिग्देलले खड्काको असमायिक निधनले नेपाली काँग्रेसमा मात्र नभइ सिङ्गो राष्ट्रले एउटा स्पष्ट जुझारु नेता गुमाएको बताए । नेपाली काँग्रेसका महासमिति सदस्य विश्वामित्र खनालले संचालन गर्नु भएको सो शोक सभा कार्यक्रमका सभापति छिरिङ्ग तेन्जी शेर्पाले नेपाली काँग्रेसले एउटा एक्सन ओरिएन्टेड तथा विचारका प्रर्वतक गुमाउनुका साथै उनलाई जिवित छँदा पार्टी तथा वाहिरवाटै रोक्ने कामले नेपालमा प्रजातन्त्र कमजोर भएको वताए ।